
काठमाडौँ,४ चैत ।
खोटाङमा हेलिकोप्टर दुर्घटनामा परेको छ।
बुधबार केपिलासगढी गाउँपालिका( २ मा हेलिकोप्टर दुर्घटनामा परेको हो। दुर्घटनामा मानवीय क्षती नभएको खोटाङकी प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन्।
‘एउटा हेलिकोप्टर दुर्घटना भएको जानकारी प्राप्त भएको छ। मानवीय क्षती भने छैन। त्यसबाहेक थप जानकारी आउँदैछ’, कँडेलले देशसञ्चारसँग भनिन्।
अन्य विवरण खुलेको छैन।



लाइभदाङ । ४ चैत्र २०८२, बुधबार १३:२२ बजे