गुरुकुल एकेडेमीले ग¥यो विज्ञान प्रदशर्नि

घोराही, १२ माघ
गुरुकुल एकेडेमी घोराही आफ्नो १० औं वार्षिक उत्सवको अवसरमा विज्ञान प्रदर्शनि गरीको छ । गुरुकुल एकेडेमी घोराही, लमही र तुलसीपुरका विद्यार्थिहरुले बनाएका बैज्ञानिक सामग्रिहरुको आज एक कार्यक्रमका बिच प्रदर्शन गरेको हो । कक्षा ३ देखि १२ सम्मका विद्यार्थिहरुले विज्ञान प्रदर्शनिमा भाग लिएका थिए । विद्यालयले एक औपचारीका कार्यक्रम गरेर विज्ञान प्रदशर्नि गरेको हो । विज्ञान प्रदशर्निको अवलोकन गर्दै प्रेस काउन्सिल नेपालका केन्द्रिय सदस्य सरद अधिकारीले आफुले प्रदर्शनिबाट धेरै कुरा सिक्ने अवशर पाएको बताउनुभयो ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका अधिकारीले विज्ञान प्रदशर्नि , प्रदर्शनि मात्र नभएर प्रतिस्पर्धा भएको कारणले विद्यार्थिहरुलाई अझ धेरै कुराहरु बनाउनको लागि उत्सुकता जागेर आउने बताउनुभयो । कुनै पनि बैज्ञानिकहरु एकै पटकमा सफल नहुने भन्दै असफलता पछि पक्कै पनि सफलता मिल्ने भएको हुनाले विद्यालय र विद्यार्थिहरुलाई नियमित कार्यमा लाग्न सुझाव समेत दिनुभयो । बैज्ञानिक एडिसनको उदाहरण दिदै उपलब्ध भएका सम्पुर्ण कुराहरुको सदुपयोग गदै अगाडि बढ्नुपर्ने बताउनुभयो । “गुरुकुलका विद्यार्थिहरुको रचनात्मक काम देखेर यो प्लेटफर्म उपलब्ध गराउने गुरुकुल एकेडेमी पक्कै धन्यवादको पात्र हो,” अधिकारीले भन्नुभयो यस्तै कार्यक्रममा गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले एउटा बालकलाई कसरी पुर्ण मानव बनाउन सकिन्छ भन्ने हेतुले विद्यालयले विज्ञान सम्बन्धिका कुराहरुमा पनि सहभागि गराउने गरेको बताउनुभयो ।


कुनै पनि विद्यालय राम्रो कि नराम्रो भन्ने बारेमा विद्यालयले विद्यार्थिहरुलाई कस्तो प्लेटफर्म प्रदान गर्छ भन्ने कुरा अग्रपंक्तिमा आउने बताउनुभयो । फरक ढंगले सोच्ने क्षेमताको विकास हुने भन्दै बालबालिकाले बनाएका रोचक तथा हेर्न लायकका सामग्रिहरु विश्लेषणात्मक तरीकाले हेर्न सक्ने जनशक्ति उत्पादन तर्फ विद्यालयले ध्यान दिएको पनि उँहाले बताउनुभएको थियो । सो अनुसार गुरुकुल एकेडेमी लमहीका प्रधानाध्यापक सुरज खनालले पनि शुभकामना मन्तब्य राख्नुभएको थियो ।

विज्ञान प्रदशर्निमा हवाइजहाज, ड्रोन क्यामरा, लुम्बिनि प्रोजेक्ट हल, क्ल्याप स्विच स्टिक फर ब्लाइन्ड पर्शन, स्मार्ट सिटि,एसि, कुलर, सोलार कुकर, वाटर साइकल , सेभ द अर्थ लगायतका सामग्रिहरु बनाएर प्रदशर्निमा राखिएको थियो । गुरुकुल एकेडेमीका अध्यक्ष ई.अनन्तराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक डा.कृष्णराज डिसिले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक जित बहादुर थापाले गर्नुभएको थियो ।