राप्ती विद्यामन्दिरद्वारा कक्षा १० का विद्यार्थीलाई विदाई

शोभा डाँगी
तुलसीपुर,२ चैत।
दाङ तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको राप्ती विद्या मन्दिरका कक्षा १० का विद्यार्थीहरुलाई विदाई गरिएको छ । कक्षा ९ का विद्यार्थीहरूको आयोजनामा सोमबार कार्यक्रम गरि विद्यार्थीहरुलाई विदाई गरिएको हो । विद्यार्थी आदित्य सुवेदीको अध्यक्षता तथा विद्यालयका हेम सागर सुवेदीको प्रमुख आतिथ्य एवं चुुर्ण बहादुर केसीको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।


कार्यक्रममा बक्ताहरुले विद्यार्थीहरुको सफलताको शुभकामना ब्यक्त गरेका थिए । विदाई कार्यक्रममा नृत्य, गीत तथा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रमको सहजीकरण सोनिका डाँगी र सुस्मिता बुढा मगरले गरेका थिए ।