देविराम कुसारी
गोल्टाकुरी
१६ माघ / नेपाली काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले बैदेशिक श्रमिकको समस्या अन्त्य गर्न पुजिको विकास हुनुपर्ने बताएका छन् । नेपाली काँग्रेस लगानी र उत्पादनसंग विश्वास गर्ने भन्दै पुजिको विकासका लागि देश औद्योगिक दिशामा अगाडी बढ्न आवश्यक रहेको बताए । देशमा लागानी बढेमा प्रशस्त उद्योगहरु खुल्ने भन्दै सदस्य गिरीले देशमै उद्योग सञ्चालनमा आए रोजागारीको लागि विदेशी भुमिमा मृत्युबरण गर्नुपर्ने समस्या अन्त्य हुने बताए ।
दंगीशरण १ काँग्रेसका बामुदेव डाँगीको श्रञ्द्धाञ्जली सभामा वोल्दै गिरीले रोजिरोटीको ज्यान गुमाउनु परेको घटनाले मर्माहित भएको बताए । वडा नं. १ का सभापति तोर्णबहादुर अधिकारीको अध्यक्षता तथा केन्द्रिय सदस्य गिरीको प्रमुख आथित्यमा भएको सभामा काँग्रेस महाधिवेशन प्रतिनिधि टीका घर्ती, काँग्रेस दंगीशरणका सभापति शंम्भु गिरी, पूर्वगाविस अध्यक्ष शुदर्सन देवकोटा, गाउपालिकाका उपाध्यक्ष पिमा खड्का, जिल्ला सदस्य पुष्पा डाँगी, क्षेत्रिय प्रतिनिधि मिनकुमार देवकोटा, हुमा डाँगी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
यसै विच नेपाली काँग्रेस दंगिशरणको नियमित बैठक दंगिशरण २ सरुवाडाडामा सम्पन्न भएको छ । सपाति शम्भु गिरीको अध्यक्षता तथा केन्दिय सदस्य गेहेन्द्र गिरीको प्रमुख आथित्यतामा सम्पन् भएको बैठकमा २ का सभापति शरदिन कुसारी, ५ का विश्वमणी देवकोटा, क्षेत्रिय प्रतिनिधि मोहन केसी, पुर्व जिल्ला सदस्य गिता पौडेल, शिक्षक संघका खेमराज बुढाथोकी, पालिका सदस्य ज्ञानेन्द्र गिरी, टोल समितिका सभापती गेहेन्द्र खड्का, सचिव देविराम चौधरी लगाएतले मन्तब्य राखेका थिए । उपसभापती दुर्गा बोहराको स्वागत मन्तव्य वाट सुरु भएको बैठकको सहजिकरण सचिव ओपेन्द्रराज शर्मा र बामदेब विष्टले गरेका थिए ।
लाइभदाङ । १६ माघ २०७८, आईतवार २२:०४ बजे