दाङ, ६ जेठ । नेकपा एमालेका महासचिब शंकर पोख्रेलले मुलुकलाई अस्थिरता कायम गरेर विदेशी हस्तक्षेपमा रमाउनेहरु सल्बलाएको बताएका छन् ।
प्रेस चौतारी दाङले आईतबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिले बनेको गठबन्धन बाह्य हस्तपक्ष वेगर बनेको गठबन्धन रहेको भन्दै यसका चित्त नबुझ्नेहरु अस्थिरता जन्माउने तर्फ लागेको बताएका हुन् ।“यो गठबन्धन नेपालका राजनीतिक दहरुलाई बाह्य हस्तक्षेप बेगर आफै निर्णय गर्ने प्रक्रियामा प्रवेश गर्नुपर्दछ, भन्ने प्रयास हो”,उहाँले भन्नुभयो“ यो प्रयासमा चित्त नबुझन्े साथीहरु अस्थिरता सिर्जन गर्ने ध्याउन्नमा लागेकै छन् ।”
साना दलहरुलाइ नयाँ समीकरणका विरुद्ध खडा गर्ने प्रयत्न भइरहेको समेत महासचिब पोख्रेलले बताए । विगतमा एमाले फुटाउनकालागि ल्याईएको २० प्रतिशतको कानुन अनुसार नै अहिले साना दलहरुमा फुट आएको समेत उनले बताए । तर, दललाई फुटाउनकालागि अहिले २० प्रतिशत ल्याएको भनि गलत सन्देश दिन खोजिएको समेत उनको भनाई छ ।
साथै उनले अहिले संसदमा भइरहेका गतिबिधिले सुखद सन्देश नदिएको समेत बताए । “आफूमाथि लागेको आरोपका विषयमा संसदमा बोल्न पाउनु पर्छ, भन्ने कुरा अस्वीकार गर्ने कुरा उचित होईन्, बोल्ने अधिकारकै लागि यत्रो बलिदानी, संघर्ष भएको हो”,उनले भने“ एउटा पार्टीको सभापतिले म माथि लागेको आरोपलाई संसदमा उभिएर बोल्न चहान्छु भन्ने कुरालाई रोक्नु काँग्रेस जत्तिको पार्टीकालागि उचित होईन् ।”
नेपालमा राजनीतिक अस्थिरता, अराजकता र मौलिक संस्कृति माथिको अतिक्रमण नै मुख्य समस्या रहेको महासचिब पोख्रेलको भनाई छ । उनले नेपालमा पछिल्लो समय आर्थिक सुधारका सूचकहरु सकारात्मका रहेको समेत बताए । अब नेपालीमा ब्यबसायी गर्ने सहज वातावरण निर्माण गर्न तर्फ लाग्नु पर्ने समेत महासचिब पोख्रेलको भनाई छ ।
साथै उनले टरिगाउँ एयरपोर्टमा बजेट आउने गरि आफूले सरकारलाई सुझाब दिएको समेत बताए ।“काँग्रेस सम्मिलित सरकार र तत्कालिन काँग्रेसकै पर्यटन मन्त्री हुँदा टरिगाउँ एयरपोर्ट बन्न सक्दैन भन्ने निष्कर्ष निकाल्यो”,उनले भने“सोही अनुरुप नारायणपुर उपयुक्त हुन्छ, भन्ने कुराको सिफारिश पनि ग¥यो, तर, त्यसले दाङका जनतालाई विभाजन ल्यायो ।”
तर, पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाले गरेको अध्ययन अनुरुप उत्तर,दक्षिण बनाएमा १५०० मितरको हाराहारीमा रनवे बनाउन सकिने भन्ने कुरा आएको छ । त्यसैले पनि यही एयरपोर्टलाई स्तरोन्नती गर्नुपर्छ भन्न जबरजस्त मनोविज्ञान तयार भएको उनले बताए । तर, भविष्यमा ठूला एयरपोर्टको आबश्यकता पर्छ, भन्ने कुरामा आम सहमति ल्याउन नसकेको भन्दै टरिगाउँ एयरपोर्टमा नै बजेट हाल्नकालागि आफूले सरकारलाई सुझाब दिएको उनको भनाई छ ।
लाइभदाङ । ६ जेष्ठ २०८१, आईतवार ११:१० बजे