चारलेनको काम छिटो अघि बढाउन ‘घोराही बनाऔं अभियान’को माग

घोराही, १ चैत ।
घोराही बनाऔं अभियानले घोराही–तुलसीपुर सडक खण्डमा पर्ने फोरलेन सडक निर्माणको कामलाई दु्रतगतिमा अगाडी बढाउन माग गरेको छ । अभियानको टोलीले डिभिजन सडक कार्यालय दाङमा पुगेर फोरलेन सडक र सोही सडकमा बनि रहेका पुल निर्माणको कामलाई पहिलेको भन्दा पनि दु्रत गतिमा अगाडी बढाउन माग गरेको हो । निर्वाचन पछि सडक निर्माणको कार्यमा ढिला सुस्त भैरहेको गुनासोहरु सामाजिक सञ्जालमा बढेको भन्दै अभियानले सम्बन्धित निकायलाई यस कुराको ध्यानाकर्षण गराएको हो ।


घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनको नेतृत्वमा डिभिजन सडक कार्यालय पुगेको टोलीले कार्यालयसँग यस विषयमा विशेष छलफल गरेको छ । छलफल पश्चात् अभियानको तर्फबाट कार्यालयलाई ज्ञापनपत्र समेत बुझाईको थियो । डिभिजन सडकका प्रवक्ता इन्जिनियर अशोक चौधरीले ज्ञापनपत्र बुझ्दै समयमा नै फोर लेन सडक र पुल निर्माणको काम सम्पन्न गर्न आफूहरू गम्भीरताका साथ लागिपरेको बताउनुभयो िसो अवसरमा नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केल बुढाथोकी, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य चिन्तामणि पौडेल, राष्ट्रिय खेलाडी बिरु भाइ बज्राचार्यलगायतको उपस्थिति रहेको थियो ।