क्षयरोग नियन्त्रण सम्बन्धी अर्धवार्षिक समिक्षा सम्पन्न

सल्यान, १६ चैत ।

सल्यानको कपुरकोट गाउँपालिकाले क्षयरोग नियन्त्रण सम्बन्धी अर्धवार्षिक समिक्षा गरेको छ । बुधबार क्षयरोग सम्बन्धी अर्धवार्षिक समिक्षा तथा कोहोर्ट विश्लेषण गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले रोगीको पहिचान र उपचारमा विशेष ध्यान दिएर लाग्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे । टोलटोलमा स्वास्थयकर्मी तथा महिला स्वास्थ्य स्वयमसेविकाहरुबाट क्षयरोगीहरुको खोजि, पहिचानमा तिब्रताको साथ काम हुनुपर्नेमा जोड दिदै उनले भेटिएका सबैलाई उपचारको दायरामा ल्याउनुपर्ने बताए ।

यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वली लगाएतले बोल्दै क्षयरोग निवारणका लागि ससबैको हातेमालो आवश्यक रहेको बताएका थिए । कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण दाहालले पालिकामा क्षयरोगको अवस्था र स्वास्थ्य संस्थाहरुबाट रोग नियन्त्रणका लागि भइरहेका कामको बारेमा प्रस्तुतीकरण राखेका थिए । कोहर्ट विश्लेषण कार्यक्रममा स्वास्थ्य चौकीका ईन्चार्जहरुले क्षयरोगको अवस्थाको बारेमा जानकारी थिए । कार्यक्रमको सहजिकरण सिअहेवसुवाश हमालले गरेका थिए ।