
तुलसीपुर, २६ फागुन ।
यहि फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचन अन्र्तगत दाङमा समानुपातिक तर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पाटी पहिलो दल बनेको छ । जिल्लाका तिन वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ तिन वटै क्षेत्र जितेको रास्वपाले समानुपातिक तर्फ पनि सवैभन्दा धेरै मत प्राप्त गरेको छ । जिल्लाका तिन वटै क्षेत्रमा समानुपातिक तर्फ गणना भएको दुई लाख ४३ हजार ७९ मत मध्ये रास्वपाले एक लाख ३१ हजार एक मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ ।
कार्यालयका सुचना अधिकारी गेहेन्द्र कुवंरका अनुसार रास्वपाले क्षेत्र नम्वर १ मा ४३ हजार ८४४, क्षेत्र नम्वर २ मा ४२ हजार ६५८ र क्षेत्र नम्वर ३ मा ४४ हजार ४९९ मत प्राप्त गरी पहिलो दल बनेको हो । यस्तैगरी कांग्रेसले क्षेत्र नम्वर १ मा १४ हजार ३५५, क्षेत्र नम्वर २ मा ११३६९ र क्षेत्र नम्वर ३ मा १५ हजार ७२४ गरी जम्मा ४१ हजार मत प्राप्त गरी दोस्रो पाटी बनेको छ भने नेकपा एमालेले ३३ हजार ३५५ मत प्राप्त गरी तेस्रो पाटी बनेको हो । जसमा एमाले क्षेत्र नम्वर १ मा ६९८४, क्षेत्र नम्वर २ मा १३९२६ र क्षेत्र नम्वर ३ मा १२४४५ मत प्राप्त गरेको छ ।
सुचना अधिकारी कुवंरका अनुसार नेपाली कम्युनिष्ट पाटी(नेकपा)ले समानुपातिक तर्फ जिल्लामा २१ हजार ६१ मत प्राप्त गरी चौथो दल बनेको छ । जसमा नेकपाले क्षेत्र नम्वर १ मा ५५३७, क्षेत्र नम्वर २ मा ७२६८ र क्षेत्र नम्वर ३ मा ८२५६ मत प्राप्त गरेको छ ।यस्तैगरी राष्ट्रिय प्रजातन्त्र पाटीले जिल्लामा ५८९१ मत प्राप्त गरी पाँचौ द लबनेको छ भने श्रम संस्कृति पाटीले २ हजार ५६ मत प्राप्त गरी छैठौ दल बनेको छ।



लाइभदाङ । २६ फाल्गुन २०८२, मंगलवार १३:२७ बजे