
तुलसीपुर, २७ असार । आन्दोलनरत सुनचाँदी व्यवसायी र नेपाल सरकार बिच बार्तापछि सहमती भएको छ । विहिवार अर्थ मन्त्रालय सिंहदरबार काठमाण्डौमा दुवैपक्ष बिच भएको छलफलमा छ बुदे सहमती भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय कोषाध्यक्ष सुदिप श्रेष्ठले जानकारी दिनुभयो ।
सुनचाँदी तथा रत्न आभुषणको कारोवार र सो मा लाग्ने कर प्रणालीको नितिगत सुधार गर्ने सन्र्दभमा भएको छलफलमा दुवै पक्ष बिच छ बुदे सहमती पत्रमा हस्ताक्षर भएको हो ।
जसमा सुन आयात तथा विक्रि वितरण सम्बन्धी कार्यविधि २०६४ लाई प्रभावकारी कार्यन्वयन गर्ने र आबश्यकता अनुसार संशोधन गर्ने, सुनचाँदीको विक्रि वितरणमा देखीन आएको तहका सन्र्दभमा स्पष्ट हुने व्यवस्था मिलाउने, विलासिताको परिभाषा भित्र राखीएको सुन तथा सुनका गरगहनाको सन्दर्भमा आवश्यक अध्ययन गरी पुनरावलोकन गर्न सिफारिस गर्ने, नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा सरकार अन्य निकाय र सम्बन्धित सरोकारवालाको प्रतिनिधित्व हुने गरी कार्यदल गठन गर्ने, राजस्व दरको अध्ययन गरी कार्यदलले सिफारिस गर्ने र आन्दोलनरत पक्षले सवै किसिमका आन्दोलनका कार्यक्रम सहमती भएकै दिनबाट स्थगित गर्ने सहमती भएको महासंघका केन्द्रिय कोषाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयक मार्फत सुनचाँदी तथा हिरा पत्थरमा २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने नितिका विरुद्धमा व्यवसायीहरूले चरणबद्ध आन्दोलन गर्दै गत असार १३ गतेदेखी पसलहरु ठप्प पारेका छन् । आन्दोलनका कार्यक्रम स्थगित गर्ने सहमती संगै असार १३ गतेदेखी बन्द भएका सुनचाँदीका पसलहरु सन्चालन हुने भएका छन् ।




लाइभदाङ । २७ असार २०८२, शुक्रबार ०८:०९ बजे