दाङमा निर्वाचनकालागि ५५ सय बढि बढि सुरक्षाकर्मी परिचालन

दाङ,२० फागुन ।
दाङमा निर्वाचनकालागि पाँच हजार पाँच सय ११ सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धानगरि सोही बराबरका सुरक्षाकर्मी परिचालन गरिएको दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए । उनका अनुसार मतदान स्थलहरुमा सामग्री पु¥याएदेखि मतगणना नसकिदासम्म सोही बराबरका प्रहरी परिचालन गरिएको हो ।

एउटा मतदान स्थलमा तीन जना प्रहरी, ५ जना निर्वाचन प्रहरी खटाईको छ । त्यस्तै प्रत्येक केन्द्रमा एकजना नेपाल प्रहरी र दुई जना निर्वाचन प्रहरी खटाइएको छ । जतिवटा केन्द्र छन्, सोही अनुसार प्रत्येक केन्द्रमा एक जना प्रहरी र दुईजना निर्वाचन प्रहरी खटाईएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

दाङमा १५९ वटा मतदान स्थल रहेका छन् । ति मध्ये १६ वटा अति सम्वेदनशील, १३४ वटा सम्वेदनशील र ९ वटा सामान्य रहेका छन् । अतिसम्वेदनशील क्षेत्रको सुरक्षालाई मजवुद बनाईएको छ । साथै उपसचिब स्तरको मोवाईल टोली, प्रहरीको पनि मोवाईल टोली पनि सक्रिय हुनेछ । जसले केही समस्या परेमा आबश्यक सहजीकरण गर्नेछ ।


साथै निर्वाचनको सुरक्षाकालागि १० टोलीमा २० जनाको बम डिस्पोजल टोली समेत परिचालन गरिएको छ । त्यस्तै हरेक निर्वाचन क्षेत्रलाई समेट्ने गरि लमही, घोराही र तुलसीपुरमा बक्तबन्द गाडी समेत परिचालन गरिएको छ । निर्वाचन स्थललाई तीन घेरामा सुरक्षा प्रदान गरिने भएको छ ।

त्यस्तै मतपेटिकाको सुरक्षाकालागि हतियारसहित नेपाल प्रहरी र बाह्य घेरामा नेपाली सेना र शसस्त्र प्रहरीलाई परिचालन गरिनेछ । साथै हरेक निर्वाचन क्षेत्रमा १३ वटा नेपाली सेनाको बेस र १३ वटा शसस्त्र प्रहरीको स्ट्रयाकिङ र मोवाईल टोली समेत खटाइनेछ ।

साथै मतदान सकिएपछि मतपेटिका बोक्नकालागि ९८ वटा सवारी समेत भाडामा लिइएको छ । जसमा साना १७ वटा जीप र ठूला ८१ वटा गाडी भाडामा लिइएको प्रजिअ अर्यालले बताए । मतदान सकिएपछि राति ९ बजेसम्म मतपेटिका मतगणना स्थलसम्म पु¥याउने समेत तयारी गरिएको छ । ९ बजेसम्म सबै मतपेटिका मतदानस्थलमा ल्याउन सकिन्छ । सामान्य अबस्था छ ।