दाङमै पहिलो पटक एक महिनासम्म अखण्ड हरिनाम संकिर्तन हुँदै

दाङ, १० फागुन । 
दाङमै पहिलो पटक एक महिनासम्म अखण्ड हरिनाम संकिर्तन कार्यक्रम हुने भएको छ । तुलसीपुर–६ रजौरास्थित श्री बैंकटेश लक्ष्मीनारायण मन्दिरमा एक महिनासम्म अखण्ड हरिनाम संकिर्तन कार्यक्रम हुने भएको हो ।

मंगलबार ९फागुन १२ गते०देखि चैत ११ गतेसम्म एक महिना अखण्ड हरिनाम संकिर्तन कार्यक्रम हुन लागेको संयोजक खगेन्द्रराज बस्यालले जानकारी दिनुभयो । महायज्ञमा प्रमुख कथावाचक स्वामी केशवाचार्य ‘सुर्यपाकी’ रहनुहुने भएको छ ।


भगवानको कृपाबाट प्राप्त मानव जीवनलाई सार्थक बनाउनका लागि एक महिनासम्म अखण्ड हरिनाम संकिर्तन कार्यक्रम गरिन लागेको संयोजक बस्यालले बताउनुभयो ।

संयोजक बस्यालका अनुसार दैनिक हवन र हरेक शनिबार साँझ ७ बजे श्रृंगारिक दिव्य महाआरती हुनेछ । व्यवस्थापक गोविन्द मरासिनीले दाङमै पहिलो पटक हुन लागेको अखण्ड हरिनाम संकिर्तन कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण भक्तजनमा आग्रह गर्नुभएको छ ।
दानले बढ्छ धर्म, धर्मले बढ्छ धन, धनले मिल्दछ सुख पवित्र हुन्छ त्यो मन भन्ने उद्देश्यका साथ महायज्ञ संचालन हुन लागेको हो । रजौरा क्षेत्र अहिले यो ऐतिहासिक धार्मिक कार्यक्रमको तयारीमा जुटेको छ ।