
दाङ, ९ फागुन ।
दाङको तुलसीपुरस्थित शारदा सिस्ने बोर्डिङ स्कुलले शनिबार १८ औं वार्षिकोत्सव मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देव बहादुर वलीको अध्यक्षता तथा नेशनल प्याव्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुवोध डाँगी प्रमुख आतिथ्यता एवं तुलसीपुर उपमहानगरपालिका वडा नं। ७ का वडाध्यक्ष रामबहादुर जिसी विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
त्यस अवसरमा प्रमुख अतिथि डाँगीले शिक्षामा निजि क्षेत्रले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । त्यस्तै वडाअध्यक्ष जिसीले दक्ष जनशक्ति उत्पादनमा नीजि विद्यालयले खेलेको भूमिका प्रशंसनिय रहेको बताए ।
कार्यक्रममा नेशनल प्याव्सन दाङका अध्यक्ष शालिकराम कार्कीले वर्तमान समयमा किताबी ज्ञानले मात्र पूर्ण नहँुने बताए ।
कार्यक्रममा बासुदेव रिजाललगायतले मन्तब्य ब्यक्त गरेका थिए । समारोहमा विद्यार्थीहरूले विभिन्न जातजातिका भेषभूषा झल्कने नृत्य, गीत र अन्य सिर्जनात्मक कलाहरू प्रदर्शन गरेका थिए । वार्षिकोत्सव कार्यक्रममा चर्चित गायक शक्तिकप चन्दको सांगितिक प्रस्तुति समेत रहेको थियो । विद्यालयका शिक्षक जीवन डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संजय बर्मा र सरिता शर्माले गरेका थिए ।



लाइभदाङ । ९ फाल्गुन २०८२, शनिबार २३:०३ बजे