
तुलसीपुर, ३० वैशाख ।
दाङको तुलसीपुरमा ‘पुष्पन हेल्थकेयर प्रा.लि.’ सञ्चालनमा आएको छ । जसले रात्रीकालिन सेवा पनि सञ्चालन गर्ने भएको छ । सोमबार उक्त प्रालिको उद्घाटन गरिएको हो ।
सञ्चालक बरिष्ठ रेडियोलोजिष्ट डा. पुष्पराज रिजालका अनुसार आकस्मिक अवस्थामा पनि बिरामीलाई सेवा दिने उद्देश्यले रात्रिकालीन सेवा सञ्चालन गरिएको हो । यस्तो सेवा तुलसीपुरमा विरलैछ ।
साथै हेल्थकेयरले टु डी/फोर डी स्क्यान, एनामली स्क्यान, टीभीएस, पेट तथा छातिको भिडियो एक्सरे, घाँटी, स्तन, अण्डकोष, हातखुट्टा, जोर्नी,नवजात शिशु, गाठागुँठी, माशपेशी आदिको भिडियो एक्सरे हुने छ । त्यस्तै ‘कलर डोप्लर’ जाँच, गर्भ जाँच तथा महिलाको तल्लो पेट र पाठेघर जाँच सेवा उक्त हेल्थ केयरले दिनेछ ।



लाइभदाङ । ३० बैशाख २०८२, मंगलवार ०७:५९ बजे