स्थापना दिवसमा प्रेस सेन्टर तुलसीपुरद्वारा मास्क वितरण

तुलसीपुर
१५ माघ / प्रेस सेन्टर तुलसीपुरले स्थापना दिवसको अवसरमा तुलसीपुरमा मास्क वितरण गरेको छ ।

संस्थाले शनिबार परेको स्थापना दिवसको अवसरमा तुलसीपुरमा मास्क नलगाए हिडिरहेकाहरुलाई मास्क वितरण गरेको छ । यस क्षेत्रका सवारी चालक, यात्रुहरुलाई मास्क वितरण गरिएको हो ।

त्यस्तै मास्क लगाउनकालागि सचेतना समेत प्रदान गरिएको छ । त्यस्तै तुलसीपुर क्षेत्रका केही छापा मिडियामा समेत मास्क तथा सेनेटाईजर प्रदान गरिएको छ ।

साथै तुलसीपुर क्षेत्रका अन्य सञ्चार माध्यामहरुलाई समेत मास्क तथा सेनिटाईजर प्रदान गरिने संगठनका अध्यक्ष राकेश बस्नेतले बताए ।


May be an image of 4 people and people standing

May be an image of 4 people, people standing and outdoors

May be an image of 5 people, people standing and road

May be an image of 3 people, people sitting, people standing and text that says 'adidas'