डिल्ली डाँगीले पनि उपमेयरमा उम्मेदवारी दिने

तुलसीपुर
९ वैशाख / नेकपा(एकीकृत समाजवादी)का जिल्ला उपसचिब डिल्ली डाँगीले तुलसीपुर उपमहानगरपालिकाको उपमेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत उनले उम्मेदवारी दिने घोषणा गरेका हुन् । तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुख एकीकृत समाजवादीको भागमा परेको थियो ।

जसमा जोगबहादुर राणा, डिल्ली डाँगी, जानका रेग्मीलगायत आकांक्षी थिए । तर, पार्टीको प्रदेश कमिटिले केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज जोगबहादुर राणालाई उपप्रमुखको रुपमा एकल नाम सिफारिश गरेको थियो ।


त्यसपछि उनले असन्तुष्ट जनाउँदै उपमेयरमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।