
तुलसीपुर,१७ माघ ।
दाङ तुलसीपुर उपमहानगरपालिका – ६ बरुवागाउँस्थित ज्ञानज्योती माध्यमिक विद्यालयले बार्षिकोत्सव बनाएको छ । विहीबार एक कार्यक्रम गरि विद्यालयले बार्षिकोत्सव मनाएको हो ।
त्यस अवसरमा विद्यार्थीहरुले बिभिन्न विज्ञान प्रदर्शनीहरु राखेका थिए । ज्ञानज्योती फाउन्डेसनका सिइओ सुरेन्द्र जिसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारी प्रमुख अतिथिले निजि क्षेत्रको शिक्षाले दिर्घकालिन रुपमा समाज परिबर्तनमा भूमिका खेलेको बताए ।
पछिल्लो समय विद्यार्थीहरु मोवाईलमा बढि केन्द्रित भएकाले यसले विद्यार्थीहरुलाई असर गर्ने समेत बताए । कार्यक्रममा प्रवचक डा. चिन्तामणि योगीले शिक्षासँग संस्कार, अनुशासन र व्यवहारिक ज्ञान जोडिनुपर्ने बताए । त्यस अवसरमा शैक्षिक यात्रामा योगदान गरेबापत सन्दिप लामिछानेलाई ११ हजार ५०५ रुपैयाँले सम्मान गरिएको थियो ।



लाइभदाङ । १८ माघ २०८२, शनिबार ०६:३० बजे