समाजसेवाका नाममा बिकृति

सामाजिक सेवा निस्वार्थ सेवा हो । राजनीति पनि समाजसेवा नै हो । तर, पछिल्लो समय राजनीति होस्, या अन्य सामाजसेवा नै, सबै स्वार्थकेन्द्रित भएको देखिन्छ । जब मानिसलाई अभाब हुन्छ, त्यो अभाब निस्वार्थ भावनाले पूर्ति गर्नु नै समाजसेवा हो । तर, अहिले समाजसेवा निकै स्वार्थकेन्द्रित र भड्किलो बन्दै गएको छ । हरेक समस्यामा समाजसेवाका नाममा धेरै ब्यक्तीहरु जुर्मराउने गर्छन् । कोरोना महामारीकै सन्दर्भमा एक बोरो चामल बोकेर पीडित समक्ष पुग्ने गरेका इतिहास पनि छन् । आबश्यकता भन्दा निकै न्यून रकम लिएर पीडितसंग फोटो खिचेर भाइरल गर्ने प्रबृतिका समाजसेवा छन् । यस्ता कार्यले पीडितलाई झनै पीडा दिने गरेको छ । यस्तै प्रबृति देखेर कोरोनाको पहिलो र दोस्रो महामारीको सन्दर्भमा सरकारले एकद्वार प्रणालीबाट राहात वितरण गर्न थाल्यो । तर, पनि नाममात्रका समाजसेवीहरु जुर्मुराउन थाले । किनकी पीडितकहाँ पुग्ने राहात सरकारलाई उपलब्ध गराउने र त्यो राहात सरकारले आफै वितरण गर्ने भएपनि आफ्नो फोटो नआउने भयो । फोटो ल्याउनकै लागि सरकारसंग लुकिलुकी समाजसेवा गरेको पनि देखियो ।

समाजसेवाका नाममा पीडित समक्ष पुग्दा, पीडितलाई हौसला हुने वातावरण सिर्जना हुनुपर्छ ।तर,अहिले पीडित हौसिने होईन्, पीडित नै भाग्नुपर्ने स्थित आएको छ । पीडितको आत्मसम्मानमा आँच पुग्नेगरि हामीले व्यबहार गरिरहेका हुन्छौं । धेरै पीडितहरु आफ्नो फोटो लिन मानिरहेका हुँदैनन् । तर, समाजसेवाका नाममा हामीले दिने सानो राहातमा पीडितको ठूलो फोटो आउँदा त्यसले उनीहरुको आत्मसम्मानमा निकै असर परिरहेको हुन्छ । हामी प्रविधिको युगमा छौं । हामीले फोटो हाल्दा उनको टाढाको आफन्तले सामाजिक सञ्जाल मार्फत फोटो नियालिरहेका हुन्छन् । पीडितको पनि ब्यक्तिगत जीवन हुन्छ । समाजमा उनीहरुलाई हेर्ने दृष्टिकोण सकारात्मक बन्न सकिरहेको हुँदैन् । त्यसैले हामीले कसैको आत्मसम्मानमाथि चोट पुग्ने कार्य गर्नुहुँदैन ।


यति भनिरहदा निस्वार्थ समाजसेवा गर्ने पनि धेरै हुनुहुन्छ । जसलाई फोटो भन्दा बढि पीडितको भावनामाथि ख्याल हुन्छ, समाजप्रति उत्तरदायि हुन्छ । समाजसेवा समाज विकासकालागि अपरिहार्य कुरा पनि हो । स्वार्थ कम, प्रभाब बढि पार्ने गरि समाज रुपान्तरणकालागि हामी सबैले समाजसेवा गर्न आबश्यक छ । समाजको सेवा जसलाई, जहाँ पनि चाहिन सक्छ ।त्यसैले यो कार्यलाई मर्यादित र व्यबस्थित बनाउन तर्फ सबै लागौं ।

May be an image of 1 person and text that says 'ाघ गते सोमबार Agrim Weekly, Jan. अगिम सम्पादकीय... Monday 2022) www.livedang.com विविध दलहरुको भविष्य निर्धारित समाजसेवाका नाममा बिकृति सामाजिक सेवा निस्वार्थ राजनीति पनि समाजसेवा पछिल्लो सामाजसेवा भएको देखिन्छ मानिसलाई नैसमाजसेवा समाजसेवा निकै स्वार्थकेन्द्रित हरेक राजनीतिमा पारचय ।आफुलाईचीनर्स समाजसेवाका नाममा कोरोना पीडितसंग पहिलो दोसो एकद्वार प्रणालीबाट सन्दर्भमा वितरण थाल्यो थाले किनकी पीडितकहाा लागि पीडितलाई वातावरण पीडित हौसिने होईन, पीडित व्यबहार गरिरहेका हामीले मार्फत आफन्तले नियालिरहेका हुन्छन् जीवन समाजमा उनीहरुलाई हामीले कसैको आत्मसम्मानमाथि गर्नुहादैन भनिरहदा निस्वार्थ समाजसेवा जसलाई पीडितको समाजसेवा विकासकालागि समाज रुपान्तरणकालागि हामी सबैले समाजसेवा आबश्यक समाजको जसलाई, पनि चाहिन कार्यलाई व्यरवस्थित बनाउन लागो'