प्रचण्डको उज्जैन पुजन

कार्ल विक्रम थापा 
मैले अस्ति भर्खर मात्र माक्सवादी ज्ञान केन्द्रको एउटा कार्यक्रममा जानी नजानी वा परम्परागत उखान टुक्का सम्झेकै आधारमा “भाग्यमानीको भुतै कमारो” के भनेको थिएँ, माक्सवादी ज्ञान केन्द्रका महासचिव इन्द्रराज भट्टराईले तुरून्तै प्रतीकात्मक रूपबाट “माक्सवादी भएर पनि यस्तो शब्द प्रयोग गर्ने हो?” भनिहाल्नु भयो ।  मैले पनि तुरून्तै ओठे जवाफ फर्काउने क्रममै प्रचण्डले महाकालेश्वरमा गएर गेरूवा वस्त्र लगाएर पुजै गरिसक्दा कुन माक्सवादी दर्शनशास्त्रले निर्देशित ग¥या होला सर ? तपाँईले त्यसको विरोध किन नग¥या होला भनेर भनेपछी हामी दुबैजनाको हाँसोपछी त्यो कुराले त्यहीँ बिट मा¥यो ।
दिनभरी, माक्सवादी ज्ञान केन्द्र वाग्मती प्रदेशले आयोजना गरेको आय आर्जनमा स्थानीय रैथाने खानेकुरालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित Food Festival कार्यक्रममा बाग्मती प्रदेश अध्यक्षको हैसियतले खटिई रहनु पर्नाले त्यत्ति सम्झना आएन तर घरमा पुगेर रात्रीकालिन सन्नाटामा भने “महाकालेश्वर र भाग्यमानीको भुतै कमारो” शब्दले मलाई निकै पिरोल्यो ।
म एउटा माक्सवादी दर्शनको विद्यार्थी हजारौंलाई प्रशिक्षण पनि दिएको छु । दर्शनशास्त्रको पक्षधरताको विषयमा थुप्रै पटक वकालत पनि गरेको छु र मैले सँधै नै माक्सवादको पक्षमा वकालत गरें र मलाई निरन्तर स्कूलिङ्ग गर्ने माक्र्सवादी ज्ञान केन्द्रले पनि द्वन्दात्मक भौतिकवादमा कहि कतै “भाग्यमानीको भुतै कमारो” भन्न सिकाएको थिएन र पनि फुत्तै मुखबाट निस्कि त हाल्यो । शायद सँस्कार ढिलो परिवर्तन हुन्छ भनेको यही होला भनेर आफैंलाई थुमथुम्याउनुको विकल्प म सँग रहेन ।
यहि शिलशिलामा उज्जैनको कालेश्वरमा पुष्पकमल दाहालले गेरूवा वस्त्र धारण गरेर धार्मिक पुजा अर्चना गरिएकोमा पनि यस्तै सँस्कार ढिलो परिवर्तन मात्र भाको होला र ? यी र यस्ता अनेकौं प्रश्न मेरा माक्र्सवादी दर्शनशास्त्री मष्तिष्कमा घोचपेच गर्न छाडेका छैनन् ।
प्रकृतिलाई प्राथमिकतामा राखेर दर्शनको व्याख्या गर्नेहरू भौतिकवादी भनिन्छन् भने चेतनालाई प्राथमिकतामा राखेर दर्शनको व्याख्या गर्नेहरू अर्थात चेतनाको कारणबाट संसारको सृष्टी भएको हो भन्नेहरूनै आदर्शवादी भनिन्छन् । यिनै दुई मुख्य धारणाबाट संसार विभाजित रहेको छ । यद्दपी यसका पनि अनेकानेक शाखा प्रशाखाहरू पनि नभएका होइनन् तर भौतिकवाद र आदर्शवाद नै मुख्य दुई धारहरू हुन् ।
विशेष गरेर नेपाली समाजलाई २००६ सालमा कम्युनिष्ट पार्टी गठन भए यता कम्युनिष्ट पार्टीहरूले द्वन्दात्मक भौतिकवादको व्याख्या गर्दैगर्दा भारतीय विस्तारवादले पटक–पटक हस्तक्षेप गरेको ईतिहास नभएको होइन र त्यसैको पछिल्लो कडीको रूपमा पुष्पकमल दाहालको उज्जैनको पुजा अर्चना पनि हो भन्दा त्यत्ति अतिशयोक्ती नहोला भन्ने नै लाग्छ ।
दश वर्षसम्म चलेको जनयुद्धमा द्वन्द्वात्मक भौतिकवादको पाठ सिकाउँदै सामन्तवादको जरा हल्लाउन सफल भएको र यो क्रम चौथो महाधिवेशन देखिनै सुरूवात भएर माओवादी जनयुद्धताका थुप्रै मठ मन्दिरहरू भत्काउने लगायत “धर्म अफिम हो” भन्ने कार्ल माक्र्सको भनाइलाई पुरै स्थापित समेत गरियो भनौं वा स्थापित गर्ने प्रयत्न गरियो, जनयुद्धकै क्रममा नारायण पोखरेलको हत्या गरियो र तत्कालीन अवस्थामा यसको जिम्मेवारी माओवादीकै भातृ संगठन दलित मुक्ति मोर्चाले लिएको कुरा पनि लुकेको छैन । यसको उत्तर अब पुष्पकमल दाहाल ज्यूले दिनु पर्छ कि पर्दैन होला ? महाकालेश्वर पुजन सम्बन्धमा नेपाली समाजले पुष्पकमल दाहालसँग यो प्रश्नको उत्तर खोजेका छन् ।
अब प्रचण्ड पूर्ण रूपमा पुष्पकमल दाहाल हुनुहुन्छ । भारतको उज्जैन पुजन काण्ड पश्चात त्यसको जतिसुकै व्याख्यात्मक टिप्पणी पस्के पनि नेपाली समाजले उज्जैन पुजन काण्डलाई धर्म निरपेक्षताको एक पाटो भनेर जतिसुकै चतुर व्याख्यात्मक टिप्पणी गरेपनि जनयुद्धताकाको क्रियाकलाप र हालको क्रियाकलाप बिलकुलै विपरीत ध्रुवीकृत क्रियाकलाप हो भन्ने कुरा आम सचेत नागरिकले राम्ररी बुझेका छन् । सचेत नेपाली समाजलाई झुक्याउन खोज्नु हत्केलाले घाम छेक्नु सरहनै हो ।
पुष्पकमल दाहाल ज्यूले पुजन काण्ड भएको मन्दिर मध्य प्रदेशको सिप्रा नदि किनारमा अवस्थित छ र यसको दर्शनले मात्र पनि सम्पूर्ण पापको नास हुने जन विश्वास राख्दछ र सोही विश्वास पुष्पकमल दाहाल ज्यूलाई पनि लागेछ र दुई तिन वाकस रुद्राक्षको माला सहित गेरू वस्त्र पहिरेर पुजन गर्नुभएछ ।
भाग्यमानीको भूतै कमारो भन्ने चरितार्थः– पुष्पकमल दाहाल ज्यूलाई परेछ, अर्थात उहाँलाई जुनबेला जे आवश्यकता प¥यो माक्र्सवादको व्याख्यात्मक टिप्पणी पनि तत तत अनुरूप नै गर्दा पनि एक जना माओवादी नेता लेखनाथ न्यौपाने बाहेक सबैले वाह वाही नै गरेको पाईयो के अबको माक्र्सवादले चेतना पहिलो भन्नुपर्दैन र ? हो यसलाई भन्छन् भाग्यमानीको भूतै कमारो उहाँले यसलाई व्याख्यात्मक टिप्पणी पनि भन्ने गर्नुहुन्छ र कुनैदिन पुष्पकमल दाहालले स्कूलिङ्ग गर्दा भाग्यवादको व्याख्या गर्दै यहि हो माक्र्सवाद भनेर भन्नु भएछ भने बल्ल अमेरिकाबाट प्रकाशित हुने New York Times ले भन्नेछ Live Karl Marx born in Nepal भन्ला र त्यसपछी पनि एका दुई बाहेक सबैले ताली बजाउलान् ।
पुष्पकमल दाहाल ज्यूले पहिला भैंसी पुजन गरेर आलोचित भैसक्नुभाथ्यो, त्यसपछी बिस्तारै दौरा सुरूवाल लाउनुभो, पृथ्वी जयन्तीलाई आत्मसाथ र अब आएर उज्जैनको महाकालेश्वर मन्दिरमा गेरू वस्त्र लगाएर पुजन गरेर धर्म निरपेक्षताको खोलले जतिसुकै ढाकछोप गर्न खोज्नुभए पनि सचेत नेपालीले पत्याउलान् र? साभारः अग्रिम साप्ताहिक