राजनीतिबाटै समाज सुधार्ने ‘युवराज’को सपना

टेकराज भण्डारी
युवराज खड्का, युवा नेता हुन् । २०३४ माघ २२ गते दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ रक्षाचौरमा जन्म भएको हो । उनी बाल्यकालमा घर नजिकैको स्कुलमा पढे । उनका वुवाले पढाउने गुरुजजुर माध्यामिकमा पढाउथे । सोही विद्यालयमै खड्काले तत्कालिन एसएलसीसम्म पढे । उनले २०५२ सालमा एसएलसी पास गरेपछि उच्च शिक्षा काठमाडौ पाटन क्याम्पसबाट आईए, विए पास गरे । त्यसपछि राजनीतिक शास्त्रमा स्नातकोत्तर गरे ।

उनी पढाईसंगै विद्यार्थी राजनीतिमा पनि सक्रिय बने । उनी स्ववियु उपसभापति समेत भए, भने २०६९ सालमा नेविसंघ दाङबाट प्रतिनिधित्व गरि केन्द्रीय सदस्य समेत बने । हाल उनी नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि छन् । उनी राजनीति गर्ने क्रममा जेल पनि परेका छन् । क्याम्पस पढ्ने क्रममा २०६२ चैत ७ गते ३ जना काठमाडौं जाने क्रममा उनी पक्राउ परे ।

जतिबेला उनीहरूले काठमाडौंमा क्याम्पसको नेतृत्व गर्थे । त्यतिबेला पक्राउ गरेर उनलाई जावलाखेल लगियो । त्यसबेला १९ दिन नजर बन्दमा बसे । त्यतिबेला उनले धेरै कुरा सिक्ने मौका पाए । राजनीति गर्दा धेरै नेताहरूसंग चिनजान पनि बढ्यो । उनी संगै कोठामा बसेका नेता प्रदेश ४ का मुख्य मन्त्री सुरेन्द्र पाण्डे र प्रदेश ७ का मुख्य मन्त्री कमल शाह थिए ।


सबै मानिसले कुनै न कुनै लक्ष्य लिएर जन्मेका हुन्छन् । खड्काको पनि जीवनमा एउटा लक्ष्य छ, राजनीतिमा सफल हुने । ‘हामीमा भएको आन्तरिक क्षमतालाई बुझेर आफ्नो लक्ष्य पूरा गर्नु पर्छ । लक्ष्य प्राप्त गर्दा धेरै बाधाहरू आउछन्’,उनले भने‘तर हामीले कहिले हार मान्नु हुदैन । परिवर्तन गर्नु पर्छ भने मेरो लक्ष्य थियो ।’

उनलाई विभिन्न समयमा जागिर खाने अवसर पनि नआएका होईनन् । खुमबहादुर खड्का मन्त्री भएको बेला जागिर खान सक्थे । तर, उनले समाज परिवर्तनको लागि राजनीतिक गरेकाले राजनीतिबाटै सफल हुने लक्ष्य लिएका छन् । उनी सामाजिक रूपमा पनि त्यतिकै जोडिएका छन् ।

हाल उनी नेपाल नेत्रज्योति संघको आजिवन सदस्य छन् । उनको परिवारमा आमा, दुई छोरा, श्रीमती छन् । उनका वुवाको २०६७ वैशाख २८ मा निधन भयो । उनले जीवनमा धेरै संघर्ष गरेर यो स्थानमा आएका छन् । ति संघर्ष परिवर्तनकै लागि थिए । साभार :अग्रिम साप्ताहिक