जीवन यात्रा : पहिलो पटकमै आयोगमा नाम निकाल्दाको खुसी

शिक्षा तथा सामाजिक क्षेत्रमा क्रियाशिल एउटा नाम हो, मानबहादुर बस्नेत । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी बस्नेत सरकारी शिक्षक हुन् । उनले लामो समय निजि शिक्षा क्षेत्रमा पनि उत्तिकै योग्दान पु¥याएका छन् । तुलसीपुरको गे्रट अरणीको स्कुलमा शिक्षक, भाईस प्रिन्सिपल, प्रिन्सिपल, सिईओ हुँदै अहिले अध्यक्ष बनेका छन् । जुन विद्यालय उनले आफूले अध्ययन गरेको विद्यालय हो । आफैले पढेको विद्यालयमा अहिले उनी आफै नेतृत्वमा छन् ।

यसरी शिक्षा क्षेत्रमा योग्दान पु¥याएका बस्नेत अहिले सरकारी शिक्षक हुन् । उनी रोल्पाको त्रिवेणी गाउँपालिका स्थित जनजागृति माविमा विज्ञान शिक्षकको रुपमा कार्यरत छन् । २०७६ सालदेखि सरकारी सेवामा प्रवेश गरेका उनले पहिलो पटक नै शिक्षक सेवामा नाम निकाल्न सफल भएका हुन् । जीवनमा पहिलो पटक शिक्षक सेवाको जाँच दिएर नाम निकाल्दा उनी निकै खुसी भएको प्रतिक्रिया दिन्छन् । सानैदेखि असल शिक्षक बन्ने रुची रहेकाले पनि आफू सफल भएको उनी बताउछन् ।

उनी आफैले कक्षा एलकेजीदेखि ७ सम्म पढेको विद्यालय न्यू शान्ति स्कुलमा पनि केही समय अध्यापन गरेका छन् । सफलताकालागि लगाब महत्वपूर्ण हुन्छ, भन्ने मान्यता राख्ने बस्नेतले अब एउटा सामुदायिक विद्यालयलाई नमूना बनाउन चहान्छन् । उनी भन्छन्‘ मैले संस्थागत विद्यालयमा विभिन्न पदमा रहेर विद्यालयको उन्नयनमा लागिरहे र हाल म सामुदायिक विद्यालयमा कार्यरत भएकाले मेरो चहाना एउटा सामान्य विद्यालयको नेतृत्व सम्हालेर उक्त विद्यालयलाई देशकै नमूना विद्यालय बनाउने चाहाना छ ।’ उनका हरेक कार्यप्रति उनको परिवार सन्तुष्ट छ ।

हामीले राजनीतिक, सामाजिक व्यक्तीको जीवन यात्रालाई समेट्ने प्रयत्न गरेका छौं । जसले अन्य व्यक्तीहलाई पनि प्रेरणा प्रदान गरोस् । यो अंकमा हामीले यीनै बस्नेतको ‘जीवन यात्रा’ समेट्ने जमर्को गरेका छौं । यो सामग्री बस्नेतसंग कुराकानीका आधारमा तयार पारिएको हो । – सम्पादक

परिचय
नाम : मानवहादुर बस्नेत
वुवा : उदयबहादुर बस्नेत
आमा : नन्दकली बस्नेत
श्रीमति : सृजना बस्नेत
छोरी : म्यूजिका बस्नेत
छोरा : आलोक बस्नेत

शैक्षिक योग्यता
–एलकेजी देखि कक्षा ७ सम्म : गाउँकै विद्यालयन्यू शान्ति स्कुल
–८ देखि १० सम्म : ग्रेट अरणीको मावि तुलसीपुर (२०६०)
– प्लस टु : गोरखा ईन्टरनेश्नल घोराही (२०६२)
– विएससी : महेन्द्र बहुमुखी क्याम्पस नेपालगगञ्ज (२०६७)
–  1 year Bed  : जनता विद्यापीठ विजौरी(२०६७)
– एमएससी ईन फिजिक्स : विरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर चितवन (२०७१)
– एमफिल इन एजुकेशन : नेपाल खुला विश्वविद्यालय

बाल्यकालका रमाईला पल
– ट्याक्टरमा चढ्नकालागि धेरै टाढासम्म ट्याक्टरको पछिपछि दौडिदै गएको ।
– खोलामा ढुंगा लोड गरिदिए वापत गाडीको ड्राईभरले ट्याक्टरमा चढ्न दिएको ।
– बाल्यकालमा डन्डिवियो खेलेको पल ।
– मोजाको बल बनाएर खेलेको ।

वैवाहिक अबस्था
बस्नेतको २०६७ साल असार २० गते २२ बर्षमा विवाह भएको हो । वुवा गोविन्द डाँगी र आमा जानका डाँगीको सुपुत्री सृजना डाँगीसंग एरेन्ज पछि लभ गरेर विवाह भएको हो । दाङ घोराही स्थित अम्बिकेश्वरीमा उनको विवाह भएको हो । जतिबेला मन्दिरमा विवाह गर्ने जोडीमध्ये बस्नेतको जोडी सबै भन्दा कान्छा उमेरमा देखिन्थ्यो ।

अनुभव
– न्यू शान्ति कटाहामा एसएलसीको ६ वटा व्याचलाई विज्ञान र ऐच्छिक गणित अध्यापन गराए । उनी गएपछि पहिलो पटक विशिष्ट श्रेणी र प्रथम श्रेणीमा सबै विद्यार्थीहरु उतिर्ण भएको ।
– गेट अरणीको स्कुलमा विभिन्न जिम्मेवारीहरु सम्हालेको ः
१) विद्यालयको भाइस प्रिन्सीपल
२) विद्यालयको प्रिन्सीपल
३) विद्यालयको सिइओ
४) हाल विद्यालय सञ्चालक समिति अध्यक्ष
– ग्रेट अरणीकोमा प्रिन्सिपल हुँदा विद्यालयमा विद्यार्थी संख्यामा उल्लेख्य बृद्धि गर्दै कक्षा ११ र १२ मा कानुन, व्यबस्थापन, मानविकी समूहमा पनि विद्यार्थी संख्या उल्लेख्य रुपमा बढ्न सफल भएको ।
– शिक्षाको गुण्स्तरमा समेत टेवा पु¥याएको ।
– ग्रेट अरणीको मावि अध्यक्ष हुँदै गर्दा विद्यालयको टिमलाई एकताबद्ध बनाउँदै विद्यालयको उन्नयनको लागि टिमलाई अझ उर्जाका साथ अगाडी बढिरहेको छ ।
–हाल तुलसीपुरमा ‘वेवि जोन’ नामक सुविधा सम्पन्न मन्टेश्वरी स्थापना गरेको ।

अबद्धता
प्यावसन तुलसीपुरको सल्लाहकार
तुलसीपुर नगर जेसिजको अध्यक्षको सल्लाहकार
राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्थाको शिक्षा उपसमिति सदस्य
विज्ञान शिक्षक समाज रोल्पाको अध्यक्ष


सामाजिक कार्य
– मनवताको सेवा जीवनको सर्वोतम कार्यलाई आत्मसात गर्दै विभिन्न समाजसेवामा सक्रिय ।
– गरीब दुःखीलाई सहयोग
– पटक–पटक रक्तदान
– कोभिड पीडितलाई सहयोग
– भुकम्प राहात संकलन ।

जीवनका खुसीहरु
– आफुले पढेको विद्यालयमै शिक्षक, भाईस प्रिन्सिपल सिइयो हुँदै अध्यक्ष हुँदा ।
– आफ्नो शिक्षणको सुरुवाती चरणमै आफ्ना विद्यार्थीहरुले लिएको उत्कृष्ट नतिजा ।
– शिक्षक सेवा आयोगमा पहिलो पटक नै नाम निकाल्दा ।
– पहिलो सन्तान छोरी र दोस्रो सन्तानको रुपमा छोराको जन्म हुँदा ।

जीवनको नमिठो पल
– युकेजीमा पढ्दा ७५ जिल्लाको नाम र २८१ टेवल २० सम्म नजान्दा शिक्षकले एलकेजी कक्षामा झारिदिदा । तर, यसको सकारात्मक पक्ष भनेको यो घटना नै जीवनको ‘टर्निङ्’ प्वाईन्ट रह्यो र जसले गर्दा प्रत्येक कक्षा प्रथम हुँदै एसएलसी उत्तिर्ण गर्न सफल ।

जीवनमा सिकेको पाठ
– जीवनमा आईपर्ने समस्यालाई अवसरको रुपमा परिणत गर्नुपर्छ ।

– आफ्नो लक्ष्य निर्धारण गर्ने र त्यो पूरा नहुँदासम्म प्रयत्नशिल भएर अगाडी बढ्ने ।

प्रस्तुती :  देवराज कडेँल 

साभार : अग्रिम साप्ताहिक

May be an image of 1 person