
दाङ, ९ माघ ।
दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन लागि उम्मेदवारी दिएका दुई जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी उमेदवारी दिएका दुई जनाले उमेदवारी फिर्ता लिएको प्रदेश निर्वाचन कार्यालय घोराहीका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार प्रगतिशिल लोकतान्त्रिक पाटीका घनश्याम डाँगी र स्वतन्त्र उमेदवार गोपाल वली९प्रविन०ले आज उमेदवारी फिर्ता लिनु भएको हो ।
उमेदवारी फिर्ता लिने डाँगी र वली दुवै जना तत्कालिन नेकपा माओवादी केन्द्रका हुन् । नेपाली कम्युनिष्ट पाटीबाट वलीले टिकट नपाएपछि स्वतन्त्र उमेदवारी दिनुभएको थियो । डाँगीले तत्कालिन नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा (प्रभाकर) संरक्षक रहेको प्रगतिशिल लोकतान्त्रिक पाटीबाट उमेदवारी दिनु भएको थियो ।
उम्मेदवारी फिर्ताका लागि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको थियो । क्षेत्र नम्बर ३ मा राजनितिक दल र स्वतन्त्र गरी २५ जनाले मनोनयन दर्ता गराएका थिए । ती मध्ये आज दुई जनाले उमेदवारी फिर्ता लिए संगै अब २३ जना उमेदवारलाई चुनाव चिन्ह प्रदान गरिनेछ ।
यस्तै क्षेत्र नंम्बर १ र २ बाट कसैले उम्मेदवारी फिर्ता नलिएको प्रदेश निर्वाचन सूचना अधिकारी कुँवरले जानकारी दिनुभयो । दाङका तीन क्षेत्रमा ४३ राजनीतिक दल र १९ जना स्वतन्त्र गरी ६२ जनाको उम्मेदवारी परेको थियो ।



लाइभदाङ । १० माघ २०८२, शुक्रबार १८:०९ बजे