काँग्रेस दाङ १ को बैठक

दाङ, ९ माघ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली काङ्ग्रेस दाङ–१ ले बृहत् छलफल कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा काङ्ग्रेसका उम्मेदवारलाई कसरी विजयी बनाउने भन्ने विषयमा गहन छलफल गरिएको थियो । निर्वाचन रणनीति, संगठन सुदृढीकरण, घरदैलो अभियान र मतदाता पहुँच विस्तारका विषयमा सहभागी नेताहरूले आ–आफ्ना धारणा राखेका थिए ।

उक्त छलफल कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप राज शर्मा, महासमिति सदस्यहरू कर्ण बहादुर बुढाथोकी, अनुप कुमार थापा र गिरिजादेवी न्यौपाने, क्षेत्रीय सभापति भेषराज पाण्डे, महाधिवेशन प्रतिनिधिहरू गुलाम मोहम्मद जागा मुसलमान, तारा प्रसाद नेपाली, मधु प्रसाद न्यौपाने, गढवा गाउँपालिका सभापति किरण पौडेल, लमही नगर सभापति सन्तोष बुढाथोकी, राजपुर गाउँपालिका सभापति नरेन्द्र सिंह भण्डारी, राप्ती गाउँपालिका सभापति विद्या शरण चौधरी तथा क्षेत्रीय सदस्यहरू लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी नेताहरूले पार्टी संगठनलाई अझ मजबुत बनाउँदै आम मतदाताको विश्वास जितेर काङ्ग्रेस उम्मेदवारलाई विजयी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।


नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेको अध्यक्षता तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीपराज शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

दाङ निर्वाचन क्षेत्र नम्बर १ मा बसोबास गर्ने मतदाताहरुको अवस्था के कस्तो छ भनेर जानकारी लिनका लागि महासमिति सदस्य अनुप कुमार थापाको संयोजकत्वमा तथ्यांक संकलन गरिने भएको छ । निर्वाचन प्रयोजनका लागि नेपाली काङ्ग्रेसको लमहीमा रहेको पार्टी कार्यालयमा सचिवालय संचालन गरिने भएको छ ।

जसको लागि नेपाली काङ्ग्रेस दाङ -१ का सचिव खेमलाल चौधरी, सहसचिव प्रकाश जिसी, प्रवक्ता अजय न्यौपाने, नेपाली काङ्ग्रेस थारु केन्द्रीय विभागको केन्द्रीय सचिव हल्लु प्रसाद चौधरी र सञ्चार समन्वयका लागि प्रिया स्मृती गजमेरलाई जिम्मेवार प्रदान गरिएको छ ।

त्यस्तै विषेश महाधिवेशनबाट निर्वाचित हुनु भएका केन्द्रीय सदस्य प्रदीप राज शर्मा र सहमहामन्त्री योगेन्द्र चौधरीलाई बधाई दिने र राष्ट्रिय सभाका उम्मेदवार बासुदेव घिमिरे र प्रतिनिधि सभा समानुपातिकका उम्मेदवार मधु प्रसाद न्यौपानेलाई शुभकामना दिने निर्णय गरिएको छ ।