पाल्पामा पहिरोले जेसीबी पुरिदा चालकको मृत्यु

दाङ, २२ असोज ।
पाल्पामा सडक मर्मतका क्रममा सुक्खा पहिरोले जेसीबी पुरिंदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको शान्तिनगर गाउँपालिका–१ का ३० वर्षीय धनवीर खड्का रहेका प्रहरीले जनाएको छ ।

पूर्वी पाल्पाको रामपुर नगरपालिका वडा नं.१० बर्दलेदेखि टोक्सेतर्फ जाने भित्री सडकखण्ड मर्मत गर्ने क्रममा बा २ क १९५७ नम्बरको जेसीबीमा सडकमाथिबाट अचानक सुक्खा पहिरो झरर जेसीबी पुरिँदा चालक खड्का घाइते भएको थिए।


जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार दुर्घटनालगत्तै प्रहरी चौकी हुँगी र इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले घाइते खड्काको उद्धार गरी उपचारका लागि मिसन अस्पताल पाल्पा पठाएकामा उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।