दंगीशरणमा साप्ताहिक सरसफाइ अभियानको सुरुवात

दंगीशरण, १४ फागुन ।
हेकुलि बैबाङ टोल बिकास सस्थाको आयोजनामा ब्यबस्थित सहरीकरण र स्वच्छ दंगीशरणको परीकल्पना गर्दै आफ्नो टोलहरुभित्रको फोहर र गाउँपालिका वरपरको फोहर ब्यबस्थापन स्वरुप सनिबारदेखी साप्ताहिक सरसफाइ अभियानको सुरुवात गरेको छ । फोहर ब्यबस्थापनको लागी आबस्यक सामाग्री दंगीशरण गाउँपालिकाले उपलब्ध गराएको थियो ।

स्थानियवासी जनप्रतिनिधिको रोहबरमा अभियनको पहिलो चरण सम्पन्न गरेको दंगीशरण वडा न ३ का वडा अध्यक्ष शुकलाल चौधरीले जानकारी दिनुभयो ।अभियानलाइ सफल बनाउन र सबैलाइ सरसफाइ प्रती प्रेरीत गर्न गाउँपालिका अध्यक्ष शम्भु गिरी आफु स्वयं पनि सरसफाइका लागी जुट्नुभएको थियो ।


सरसफाइ कार्यक्रममा सहभागी हुदै गाउँपालिका अध्यक्ष गिरीले आफ्नो घर कार्यालय बाट निस्किने फोहरलाइ रोकथाम गरी फोहरमैला ब्यबस्थापनमा सहयोग गर्न गाउँपालिका वासीहरुलाइ आग्रह गर्नुभयो ।

गर्मीयामको शुरूवात र बढ्दो जनसंख्या वृद्धिका कारण उत्पन्न फोहरको ब्यब्स्थापन र स्वच्छ हरीयालि दंगीशरण गराउन आफुहरुले अभियानको शुरूवात गरेको हेकुलि बैबाङ टोल विकास समितीका अध्यक्ष मधुकर रानाले बताउनुभयो ।आज देखी सुरुवात गरेको अभियानलाइ निरन्तर संचालन गरीने अध्यक्ष रानाले बताउनुभयो ।