दाङमा ६२ जनाको मनोनयन दर्ता, क्षेत्र नं.३ बाट सबै भन्दा बढि

दाङ,६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दाङबाट ६२ जनाको उम्मेदवारी परेको छ । तीन वटा निर्वाचन क्षेत्र रहेको दाङमा १९ स्वतन्त्रसहित ६२ जनाको उम्मेदवारी परेको दाङका मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले बताए ।
उहाँका अनुसार सबै भन्दा बढि क्षेत्र नं.३ बाट परेको छ ।

दाङ निर्वाचन क्षेत्र नं. १ मा दुई स्वतन्त्रसहित १४ जना, निर्वाचन क्षेत्र नं. २ मा ८ स्वतन्त्रसहित २३ जना र निर्वाचन क्षेत्र नं. ३ मा ९ स्वतन्त्रसहित २५ जनाको मनोनयन दर्ता भएको हो ।

क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ, भने नेकपा एमालेका रेवतीरमण शर्मा, नेकपातर्फबाट पूर्वमन्त्री मेटमणी चौधरी, राष्ट्रिय स्वतन्त्र पार्र्टीका देवराज पाठकको उम्मेदवारी परेको छ। क्षेत्र नम्बर १ मा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रासद केसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । उनी यस अघि नेपाली कम्युनिष्ट पार्टीको नेता थिए ।


त्यस्तै क्षेत्र नम्बर २ मा नेकपा एमालेका तर्फबाट महासचिव शंकर पोख्रेलको उम्मेदवारी दर्ता भएको छ भने नेपाली कांग्रेसका किरण किशोर घिमिरे, नेपाली कम्युनिष्ट पार्टीका निर्मल आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिन आचार्यको उम्मेदवारी परेको छ ।

त्यसैगरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका तर्फबाट पूर्वमन्त्री दिपक गिरी, नेकपा एमालेका घनश्याम पाण्डे, नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्की र राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीको उम्मेदवारी परेको छ।

No photo description available.May be an image of textMay be an image of text