कांग्रेसबाट किरण किशोर घिमिरेले हात पारे टिकट

दाङ,५ माघ ।
नेपालि कांग्रेसका महासमिति सदस्य किरण किशोर घिमिरेले अन्तत टिकट हात पारेका छ्न । दाङ क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यको उम्मेद्वारमा आफुले टिकट पाएको किरणले जानकारी दिए ।

कांग्रेस भित्र बिमला योगि, किरण, भोजराज पाण्डे र खगराज पाण्डे बिच टिकटमा प्रतिष्पर्धा थियो ।


कांग्रेस क्षेत्र नम्बर २ दाङले पहिलो नम्बरमा बिमला योगि, दोस्रोमा किरण, तेस्रोमा भोजराज पाण्डे, चौथोमा खगराज पाण्डेसहित १० जनाको नाम राखेर सिफारिस गरेकोमा कांग्रेस जिल्ला कार्य समिती दाङ्ले पहिलो नम्बरमा खगराज, दोस्रोमा भोजराज, तेस्रोमा किरण किशोर घिमिरे र चौथोमा अनिता देबकोटासहित १० जनाको नाम राखेर केन्द्रमा सिफारिस गरेको थियो ।