तुलसीपुर नगर जेसीजको पद हस्तान्तरण

तुलसीपुर
८ माघ /
तुलसीपुर नगर जेसीजको १०औ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुर नगर जेसीज बर्ष २०२१ का अध्यक्ष नेत्रलाल भट्टराई ‘नारायण’को अध्यक्षता तथा जेसीज बर्ष २०२२ का केन्द्रिय अध्यक्ष लालमणी भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरि पद हस्तान्तरण गरिएको हो ।

केही समय अघि भएको जेसीज तुलसीपुरको निर्वाचनबाट निर्वाचित अध्यक्ष केशवराज केसी, कार्यकारिणी उपाध्यक्ष चेतन कँडेल, सन्दिप भुसाल, उपाध्यक्ष सञ्जय न्यौपाने, मनिष शाह, शैलेन्द्र ओली, कान्तुराम खनाल र सहसचिव सुरज भण्डारी सहित नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो । साथै सल्लाहकारमा अध्यक्षका प्रत्यासी मानबहादुर बस्नेत, महासचिबमा पूर्ण विक्रम डाँगी, प्रबक्तामा छबिकुमार वलीलगायतलाई बिभिन्न पदमा मनोनित समेत गरिएको छ ।


त्यस अवसरमा प्रमुख अतिथि भण्डारीले जेसिज भनेको युवा नेतृत्व उत्पादन गर्ने थलो रहेको बताए । उनका अनुसार जेसिजमा आबद्ध धेरै युवाहरु राजनीतिक तथा सामाजिक रुपमा नेतृत्व गर्न तयार भइसकेको समेत बताए ।

त्यस अवसरमा तुलसीपुर उद्योग बाणिज्य संघका पूर्वध्यक्ष विमल रिजालले जेसिजबाट समाजले पाठ सिकेको समेत बताए । जेसिजको निर्वाचन पनि निकै सभ्य भएको र चुनाब पछि पनि राम्रो वातावरण रहेको भन्दै यसबाट सबैले सिक्नुपर्ने बताए । त्यस अवसरमा सल्लाहकार मानबहादुर बस्नेतलगायतले मन्तब्य ब्यक्त गरेका थिए । त्यस अवसरमा विभिन्न संघसंस्था तथा व्यक्तीहरुलाई सम्मान गरिएको थियो ।