मन्त्री मास्किद्वारा हाम्रो गार्मेन्ट उद्योगको अवलोकन

टेकराज भण्डारी
तुलसीपुर, २ मंसिर ।
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले अबको समय अनिवार्य श्रम, उत्पादन र आत्मनिर्भरताको समय भएको बताउनु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ९ दोघरेमा रहेको हाम्रो गार्मेन्ट उद्योगको अबलोकन क्रममा मन्त्री मास्कीले यस्तो बताउनु भएको हो । लुम्बिनी प्रदेश सरकारले २ लाख मानिसलाइ स्वरोजगार दिने उदेश्य रहेको छ उहाँले भन्नुभयो । हरेक नागरिकलाइ सिपसंग जोडेर उत्पादन प्रणालीलाइ व्यबस्थीत गर्न सकियो भने आत्मनिर्भर र समृद्ध प्रदेश बन्ने ठोकुवा गर्नु भयो ।


२०७५ सालमा स्थापना भएको हाे । उक्त उद्योगले ५० जनालाई रोजगारी दिइरहेको छ । अबलोकन कै क्रममा मास्कीले लुम्बिनी प्रदेश सरकार सदैव उद्यमीहरु को संरक्षणमा रहेको र उद्यमशिलताको विकासको लागी सदैव सकारात्मक रहेको बताउनु भयो । तुल्सिपुरका शिक्षा क्षेत्रमा रहेरमा रहेर काम गरिरहेका टिम द्वारा संचालीत हाम्रो गार्मेन्ट उद्योग बिगत ५ बर्ष देखी दोघरे मा संचालीत छ । गार्मेन्टका सी. इ.ओ झरेन्द्र खरेल, अध्यक्ष मेघराज घिमिरे, उपाध्यक्ष हिमाल डाँगी, महासचिव भोजराज न्यौपाने, कोषाध्यक्ष सुर्य शर्मा लगाएतकाे कार्यसमिति छ । अहिलेको बजार क्षेत्र, दाङ, सल्यान, रोल्पा, रुकुम, प्युठान र कपिलवस्तुसम्म रहेको छ । गार्मेन्ट उद्योग करिव २ करोड लगानीमा संचालित छ ।