
दाङ, ३० असार । बबई नदिमा डुबेर दुइ जना युवक बेपत्ता भएका छन् । बबई गाउँपालिकाको पुरन्धारा छहरा नजिकै पौडी खेल्ने क्रममा आज तुलसीपुरका कुशल बुढा मगर र बिधान केसी डुबेर बेपत्ता भएको इप्रका खिलतपुरका प्रमुख इन्सपेक्टर खिमबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार दुवैजना कलेज पढ्ने विद्यार्थी हुन् । बेपत्ता भएकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



लाइभदाङ । ३० असार २०८२, सोमबार १६:०६ बजे