ज्ञान दिप कलेज स्नातक तेस्रो बर्षमा उत्कृष्ट

तुलसीपुर, २ जेठ । दाङको तुलसीपुर स्थित ज्ञानदिप कलेज स्नातक तेस्रो बर्षमा उत्कृष्ट नतिजा सहित जिल्ला प्रथम हुन सफल भएको छ ।

बिबिएस तेस्रो बर्षका छात्र नारायण केसीले ७७.२० प्रतिशत अंक ल्याएर दाङ जिल्ला प्रथम भएका हुन् । त्यस्तै अस्मिता केसी ७४.४० प्रतिशत, सिर्जना भण्डारी ७४.२० प्रतिशत, आशिष कुमार चौधरी ७२.२० प्रतिशत , रिहाना बिश्वकर्मा ७१.४० प्रतिशत ल्याएको ज्ञानदिप कलेजका प्रमुख सुरेन्द्र जीसीले बताए ।

ज्ञानदिप कलेजले बिबिएससंगै बिसिए , बिएससी र बिएमा पनि उत्कृष्ट नतिजा ल्याउदै आएको छ । कलेजमा दाङसंगै रुकुम,रोल्पा, सल्यान, प्युठान लगायतका जिल्लाबाट विद्यार्थीहरु पनि पढ्न आउने गरेको कलेजका सहायक -प्रधानाध्यापक मनोज केसीले बताए ।


कलेजले नतिजाले विद्यार्थीको आकर्षण पनि बढेको छ । ज्ञानज्योती फाउन्डेसनद्वारा संचालित कलेजमा स्नातक तहका पढाइ हुने गरेको छ भने ज्ञानज्योती माबिमा बिद्यालय तहको पढाइ हुँदै आएको छ । केही समय अघि एजुकेशन समाचारले देशभरका विद्यालयमा सर्वेक्षण गरेको थियो । जसमा देशभरका २० विद्यालय उत्कृष्ट विद्यालय मध्येमा ज्ञान ज्योति १५ औं स्थानमा परेको थियो ।

विद्यार्थी संख्याअनुसार नै पर्याप्त भौतिक संरचना थप, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन, अतिरिक्त कक्षा सञ्चालनलगायता कारणले नै उत्कृष्ट नतिजा आएको शैक्षिक संयोजक शरद गौतमले बताए ।