गौरीगाउँका बाम्पन्थी अभियन्ता गिरी नेकपामा प्रवेश

तुलसीपुर, २५ पुस । दाङको तुलसीपुर उपमहानगरपालिका–१० गौरीगाउँ निवासी बाम्पन्थी अभियन्ता छवि गिरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

नव प्रवेशी गिरीलाई शनिबार पार्टीका नेता बर्षमान पुन, धनबहादुर मास्की(राजेश),निर्मल आचार्यलगायतले स्वागत गरेका थिए । उनी काठमाडौंमा प्रवेश गरेका हुन् ।


उनले नेकपाको नीति, सिद्धान्त र नेतृत्वबाट प्रभावित भएर आफू नेकपामा प्रवेश गरेको बताए ।