तुलसीपुर
७ कात्तिक / खाल्डोलाई जोगाउन खोज्दा तुलसीपुरमा बस दुर्घटना भएको चालकले प्रहरी समक्ष बयान दिएका छन् । आईतबार पाँच बजेतिर घोराहीबाट तुलसीपुर आउँदै गरेको यात्रुबहाक बस दुर्घटनामा परेको थियो ।‘पिच सकिदै थियो, अगाडी खाल्डो परेको थियो, त्यही खाल्डोलाई जोगाउन खोज्दा गाडी पल्टियो’, चालकले दिएको बयानबारे जानकारी दिदै ईप्रका तुलसीपुरका प्रहरी नाउब उपरीक्षक श्यामु अर्यालले भने । त्यही स्थानमा यस अघि पनि गाडी दुर्घटनामा परेको थियो ।
अहिले चारलेन मर्मत कार्य भइरहेको छ । मर्मत गर्दा सडकमा खाल्डाखुल्डी छन्, त्यसले पनि दुर्घटना बढाएको छ । सोही दुर्घटनामा सहचालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार घोराही उपमहानगरपालिका– १० का २८ वर्षीय प्रेम परियारको मृत्यु भएको हो । दुर्घटनामा परि गम्भीर घाइते भएका परियारलाई राप्ती प्रादेशिक अस्पताल तुल्सीपुर प¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
आइतबार साँझ ५ बजेतिर घोराहीतर्फ जाँदै गरेको ना ६ ख ७६३३ नम्बरको गाडी दुर्घटनामा परेको थियो । घाईते २१ जना मध्ये चारजना डिस्चार्ज भइसकेका छन् । अन्यको अबस्थामा पनि सामान्य रहेको प्रहरीले बताएको छ । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
लाइभदाङ । ७ कार्तिक २०७८, आईतवार २१:२९ बजे