
तुलसीपुर, ११ माघ । नेकपा(माओवादी केन्द्र) तुलसीपुरको तेस्रो अधिवेशन तथा खबरदारीसभामा माओवादी केन्द्रले चार स्थानबाट ¥याली निकाल्ने तयारी गरेको छ । विहान ११ बजेदेखि ¥याली सुरु हुनेछ ।
पश्चिमको दुधेना, पूर्वमा हात्तिखौवा चोकदेखि, दक्षिणमा गुम्राह चोक तथा उत्तरमा सल्यान रोडको शिवमन्दिरबाट ¥याली निकाल्ने कार्यक्रम रहेको नगर अध्यक्ष मोहन थापाले बताए ।
उनका अनुसार सबै ¥यालीले बजार परिक्रमा गरेर अरनीको मैदानमा पुगेपछि कार्यक्रम सुरु हुनेछ । कार्यक्रमलाई पार्टीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । तुलसीपुरमा १० हजार बढिको सहभागिता रहने अनुमान गरिएको छ ।



लाइभदाङ । ११ माघ २०८१, शुक्रबार ०६:५५ बजे