
तुलसीपुर, २५ पुस ।
एमाले छाडेर बाम्पन्थी अभियान चलाईरहेका गिरीराज केसीसहितको टोली नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेको छ । केसी एमालेमा हुँदा दाङ २(२)बाट लुम्बिनी प्रदेशसभा सदस्यका उम्मेदवार समेत थिए ।
उनसहित उनको टिममा रहेका एक सय बढि पार्टीमा प्रवेश गरेको केसीको दावी छ । त्यस्तै एमालेकै नेता कालुराम चौधरी, ध्रुब आचार्यसहितको टोली पनि नेपाली कम्युनिष्टमा प्रवेश गरेको हो ।
उनीहरु सबै एमालेबाट प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई उनीहरुलाई पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाली, नेता नारायणकाजी श्रेष्ठसहित धनबहादुर मास्की(राजेश),निर्मल आचार्यलगायतले स्वागत गरेका हुन् ।



लाइभदाङ । २५ पुष २०८२, शुक्रबार १२:४४ बजे