दाङको देउखुरी क्षेत्र डुबानमा

लमही, २१ असोज ।
अविरल बर्षाका कारण दाङको देउखुरी क्षेत्रका अधिकांस भुभाग डुबानमा परेको छ । स्थानीय खोलाहरुमा आएको बाढीका कारण गढवा–५ बोधिपुर, धर्मपुर, लोखरपुर, लालपुर, गढवा–७ कान्छिगाउँ लगायतका बस्ति डुबानमा परेको हो ।

त्यसैगरी राप्ती नदि र सिक्रहवा खोलामा आएको बाढी बस्तिमा पसेको छ । स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सुरक्षाकर्मीको समेत अभाव देखिएको छ ।


राप्ती गाउँपालिका–५ स्थित लठ्हवा, पहरुवा, लमहीका–२ सिंगेमा बाढी पसेको छ । ठाउँ ठाउँमा पहिरो जाँदा राजमार्ग र सहायक सडक अवरुद्ध भएका छन् ।