सांसद र मन्त्री हुँदा जनताको बीच गएँ, अहिले जनताबाटै माग भयो : मास्की

तुलसीपुर, ७ माघ । नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट दाङ क्षेत्र नं.३ का उम्मेदवार धनबहादुर मास्कीले आफू सांसद र मन्त्री हुँदा जनताकै बीचमा गएकाले अहिले जनताले नै आफ्नो उम्मेदवारीको माग गरेको बताएका छन् ।

जनताकै माग अनुसार आफू प्रदेशसभाको सांसदबाट समेत राजीनामा दिएर चुनाबमा होमिएको बताए ।“म आफै पदमा थिएँ, फेरिरहेको राजनीतिक समीकरण अनुसार प्रदेशमा मन्त्री,मुख्यमन्त्री हुन सकिन्थ्यो”,उनले भने“तर,जनताको माग संघमै लड्ने आयो, अनि म राजीनामा दिएर चुनाबमा होमिएको हुँ ।”


आफू पश्चिम दाङमा आस्वासन बाँड्न् होईन्, आफूले गरेकै कामहरु जनतालाई बुझाएर आगामी दिनमा गर्ने योजनाहरुसहित जान लागेको समेत बताए । साथै उनले पश्चिम दाङमा सदभावको राजनीति गर्ने समेत बताए ।“म सबै उम्मेदवारलाई सम्मान गर्दछु, कसैलाई पनि गालीललौज गर्दिन”,उनले भने“म आफ्ना एजेण्डा लिएर चुनाबमा जान्छु, आफ्ना एजेण्डलाई नै जनतामा सुनाउछु।”

प्रेस सेन्टर तुलसीपुरले बुधबार तुलसीपुरमा आयोजना गरेको भेटघाट कार्यक्रममा उनले यस्तो बताए ।