काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य बढेको जनाउँदै निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेलरमटितेलमा प्रतिलिटर ९र९ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ ५ रुपैयाँ बढाएको छ ।
नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोल १ सय ८१ रुपैयाँ, डिजेल र मटितेल १ सय ७२र१ सय ७२ रुपैयाँ र हवाई इन्धन ९आन्तरिक० १ सय ९० रुपैयाँ पर्नेछ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको जनाएको छ । भारतीय आयल निगमबाट इन्धनको मूल्य बढेर आएकाले नेपालमा पनि बढाउनुपरेको निगमले जनाएको छ । एक साताअघि मात्रै सरकारले पेट्रोलमा प्रतिलिटर २० र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँ कर घटाएको थियो ।
लाइभदाङ । २० असार २०७९, सोमबार २१:५९ बजे