दंगीशरणमा ट्याक्टर दुर्घटना हुदा २ जना घाइते

तुलसीपुर, १ साउन ।  दाङको दंगीशरणमा ट्याक्टर दुर्घटना हुदा २ जना घाइते भएका छन् । घाइते हुनेमा दंगीशरण गाउँपालिका–१ रहरपुर निवासी २५ बर्षीय शिवन चौधरी र सोही ठाउँ निवासी १८ बर्षीय छितिज चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य बहादुर रानाले जानकारी दिनुभयो । प्रहरीका अनुसार दंगीशरण–१ को बाँकीबाट रहरपुरतर्फ जादै गरेको रा १ त ४९९८ नम्बरको खाली ट्याक्टर भित्रि सडकखण्डमा आज दिउँसो पौने ३ बजेको समयमा आफै अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको हो । दुर्घटनामा परेका दुबैजनालाई सोही ट्याक्टरले किचेको थियो ।

त्यसपछी प्रहरी चौकी गोल्टाकुरीका प्रमुख असई कन्हैयालाल चौधरी र प्रहरी चौधरी बागरका ट्राफिक प्रहरी बरिष्ठ हवल्दार निम बहादुर सुनारसहितको प्रहरी टोली घटनास्थलमा पुगेर स्थानियको सहयोगमा तत्काल उनीहरुलाई उद्धार गरी अस्पताल पठाएको प्रहरीले जनाएको छ ।


घाइते दुबैजनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको छ । ट्याक्टर चालक तथा शाहु सोही ठाउँका ३१ बर्षीय राम बहादुर चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।