आफैले विद्युत जोड्न खोज्दा वडा सचिबको करेन्ट लागेर मृत्यु

तुलसीपुर,२३ असार ।
दाङको गढवा गाउँपालिका – ५ का वडा सचिवको करेन्ट लागेर मृत्यु भएको छ । घरमै बिद्यूतको तार आँफैले जडान गर्ने क्रममा ४० बर्षीय वडासचिव रामनरेश यादवलाई करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

गढवा – ६ प्रनहवास्थित आफ्नो घरमा बेलुकी पौने ९ बजेतिर उनलाई करेन्ट लागेको थियो । सौचालयको बल्ब नबलेपछि यादवले आँफैले तार जोडेर मर्मत गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।


इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक साहिल बुढाथोकीका अनुसारकरेन्ट लागेर अचेत बनेका वडा सचिव यादवलाई लमही अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
पोष्टमार्टमका लागि उनको शब लमही अस्पतालमा राखिएको छ ।