
टेकराज भण्डारी
दाङ, १९ पुस ।
एनएम ड्रिंकिङ वाटर एण्ड बेभरेज इन्डस्ट्रिजको वार्षिक उत्सव समारोह, वनभोज तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका अवसरमा उद्योगमा कार्यरत कर्मचारीहरूलाई सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि दाङ जिल्ला पानी व्यवसायी सङ्घका अध्यक्ष अखिल आचार्यले उद्योगको दिगो विकासका लागि कर्मचारीको सुरक्षा र सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले कर्मचारी बीमा व्यवस्था गर्न र तलब–सुविधामा वृद्धि गर्नुपर्ने बताए।
कार्यक्रमका विशिष्ट अतिथि यादव शाहले कुनै पनि संस्थालाई अगाडि बढाउने मुख्य आधार कर्मचारी नै हुने बताए ।
कार्यक्रममा बोल्दै उद्योगका कार्यकारी निर्देशक निराजन मल्लले संस्थालाई अझ मजबुत, व्यवस्थित र सफल बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। उनले कर्मचारीको मेहनत, इमान्दारिता र समर्पणकै कारण उद्योग निरन्तर प्रगतिपथमा अघि बढिरहेको बताए।
उद्योगका प्रबन्ध निर्देशक बामदेव न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पारस न्यौपानेले गरेका थिए।



लाइभदाङ । १९ पुष २०८२, शनिबार २२:१४ बजे