
तुलसीपुर, १८ पुस ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले खुलेर आउने एचआइभी संक्रमितलाई जनही १० हजार रुपैँया उपलब्ध गराउँदै आएको छ । उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीका अनुसार उपमहानगरपालिकाले अहिलेसम्म १० जनालाई यसरी जनही १० हजारका दरले रकम उपलब्ध गराईएको छ ।
संक्रमितको पोषण तथा उनका सन्तानको शिक्षाकालागि उक्त रकम उपलब्ध गराउने गरिएको उनले बताए । संक्रिमत नखुल्ने, सामाजिक रुपमा स्थापित हुन डराउने जस्ता समस्याले झनै समस्या निम्त्याएको भन्दै खुल्नकालागि प्रोत्साहन गर्न यस्तो कार्यक्रम लागु गरिएको हो ।“धेरै संक्रमित खुल्न नमान्ने, सामाजिक रुपमा स्थापित हुन डराउने जस्ता समस्या छन्”,उहाँले भन्नुभयो“यस्तो समस्या हल गर्नकालागि पनि यो कार्यक्रम लागु गरिएको हो ।”
तुलसीपुरमा अहिलेसम्म एकसय ६६ जना संक्रमित छन् । जिल्लामा जम्मा ४ सय ७१ जना एचआईभी संक्रमित रहेको समेत उनले बताए । जसमा दुईसय २७ जना पुरुष, दुईसय ३६ जना महिला, ८ जना यौनिक अल्पसंख्यक तथा १८ जना बालबालिका रहेका छन् ।



लाइभदाङ । १८ पुष २०८२, शुक्रबार ०६:५४ बजे