बबई २ मा वाईसिएल वडा कमिटि गठन

तुलसीपुर,२६ पुस । बबई गाउँपालिका वडा नं.२ मा वाईसिएल वडा कमिटि गठन भएको छ ।

झलक केसीको अध्यक्षतामा १७ सदस्यीय कमिटि गठन गरिएको हो । जसको उपाध्यक्षमा धिरेन्द्र जीसी, सचिबमा प्रेम केसी,कोषाध्यक्षमा देवकला केसी र सहसचिबमा शुसीला घर्तीलाई चयन गरिएको छ ।


माओवादी केन्द्रका पालिका अध्यक्ष एकलाल घर्तीको प्रमुख आतिथ्यता तथा  वाईसिएलका केन्द्रीय अनुशासन आयोगका सदस्य मार्सल जीसीको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अवसरमा बबई गाउँपालिकाका पाटी उपाध्यक्ष यज्ञ वली, वाईसिएल बबईका इञ्चार्ज रोशन केसी, बबई अध्यक्ष गोपाल विक, सचिब हुर्मत बुढा, पार्टीका वडा नं.२ का अध्यक्ष तुलसीराम घर्ती, बबई ४ का वडाध्यक्ष कुलबहादुर विक, बबई ३ का भद्रबहादुर खड्कालगायतको सहभागिता रहेको थियो ।