सकियो नेसनल प्याब्सन, दाङको बृहत खेलकुद कार्यक्रम

दाङ, १७ पुस ।
नेसनल प्याब्सन दाङको आयोजनामा बृहत खेलकुद कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । जिल्लाभरिका नेसनल प्याब्सनमा आबद्ध विद्यालयहरूको उत्साहजनक सहभागितामा विभिन्न खेलकुद तथा सांस्कृतिक प्रतियोगिताहरू सञ्चालन गरिएको थियो ।

प्रतियोगितामा जनप्रीय इङ्लिस स्कूलले १२ स्वर्ण र २ कास्य पदकसहित प्रथम स्थान प्राप्त गर्‍यो । त्यसैगरी श्रीगाउँ लाइफ भिजनले ४ स्वर्ण, १२ रजत र ३ कास्य पदकसहित द्वितीय स्थान हासिल गर्‍यो ।

पुरन्धारा एभरेस्ट एकेडेमीले ४ स्वर्ण, २ रजत र ४ कास्य पदकसहित तृतीय स्थानमा रह्यो भने डिभाइन टेम्पल एकेडेमीले २ स्वर्ण, ५ रजत र ६ कास्य पदक प्राप्त गर्दै सान्त्वना स्थानमा प्राप्त गर्न सफल रह्यो ।

कार्यक्रम अन्तर्गत सम्पन्न सामूहिक नृत्य प्रतियोगितामा डिभाइन पाठशाला दाङ प्रथम, साधना पाठशाला दाङ द्वितीय र नवज्योति जनता इङ्लिस स्कूल तृतीय स्थान हासिल गर्न सफल भए । यसैगरी सान्त्वना स्थान डिभाइन टेम्पल एकेडेमी र लक्ष्य एकेडेमीले प्राप्त गरेका छन् ।

त्यसैगरी मार्चपास तथा सांस्कृतिक झाँकी प्रतियोगितातर्फ डिभाइन टेम्पल एकेडेमी प्रथम, पारिजात इङ्लिस स्कूल द्वितीय र लक्ष्य एकेडेमी तृतीय स्थानमा रहे ।


नेशनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा नेसनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष प्रकाश कुमार शर्माको प्रमुख आतिथ्यता र नेसनल प्याब्सनका केन्द्रीय सदस्य बिमल गौतमको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले खेलकुदले बालबालिकाको सर्वाङ्गीन विकासमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे । साथै उहाँले नेसनल प्याब्सन दाङले शिक्षासँगै निरन्तर अतिरिक्त क्रियाकलापमा पनि जोड दिएको भन्दै प्रशंसा गरे ।

कार्यक्रमले विद्यार्थीहरूमा खेल भावना, अनुशासन, सहकार्य तथा सांस्कृतिक पहिचानको विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजक नेसनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेले बताएका छन् । सहभागी विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको सक्रियताले कार्यक्रम अझ सफल बनेको उनले जानकारी दिए ।

जिल्ला कोषाध्यक्ष रोमहर्ष शर्माले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण जिल्ला सचिव हरिप्रसाद भण्डारीले गरेका थिए । नेसनल प्याब्सन दाङले हरेक वर्ष जिल्ला स्तरीय बृहत खेलकुद प्रतियोगिताको आयोजना गर्दै आएको छ । यस वर्षको प्रतियोगिता यही पुसको १४ गतेदेखि १६ गतेसम्म सञ्चालन गरिएको थियो ।