लमहीमा नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

दाङ, २५ जेठ ।
दाङको लमही नगरपालिकामा सञ्चालित जनजातिहरुका लागि नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिमको समापन गरिएको छ ।

लमही नगरपालिको वडा नम्बर ९ रिहारको आर्थिक सहयोग तथा सामाजिक रुपान्तरणका लागि हाम्रो अभियान दाङको आयोजनामा जेठ १९ देखि २१ गतेसम्म जलकुण्डीमा तीन दिन सञ्चालित तालिमको एक कार्यक्रमका विच शुक्रबार समापन गरिएको हो ।

सामाजिक रुपान्तरणका लागि हाम्रो अभियान दाङका अध्यक्ष भिम वहादुर विश्वकर्माको अध्यक्षता तथा लमही नगरपालिका-९ का वडा अध्यक्ष भेष वहादुर केसीको प्रमुख आथित्यतामा कार्यक्रमको समापन भएको हो । समापन कार्यक्रममा प्रमख अथिति वडा अध्यक्ष केसीले तालिमले वडाका नागरिको नेतृत्व विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।



कार्यक्रममा सामाजिक रुपान्तरणका लागि हाम्रो अभियान दाङका सल्लाहकार जोगेन्द्र विश्वकर्मा, वडा सदस्यहरु इश्वरा पछाँई, अमर वहादुर वली, गणेश कुमाल, प्रशिक्षर्थीहरु लेखा कुमाल, विष्णु कुमाल लगायतले तालिम उपल्बधीमुलक रहकाले आउँदा दिनहरुमा समेत सञ्चालन गर्नुपर्ने सुझाव दिनुभएको थियो ।

साथै तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गर्नु पर्ने कुरामा सहभागिहरुको जोड रहेको छ । सामाजिक अभियन्ता खेमलाल महताराले सहजीकरण गरेको तालिम समापन कार्यक्रमको सहजिकरण संस्थाका सदस्य किरण विश्वकर्माले गर्नु भएको थियो ।