
दीपक बोहरा
दाङ, १५ पुस ।
दाङको तुलसीपुर ६ गोलौराको एक घरबाट लुकाई राखेको अवस्थामा ६० लाख भन्दा बढी रकम बरामद गरेको छ । उक्त रकम अहिले मेसिनबाट गन्ने कार्य भईरहेको वडा अध्यक्ष दुजमान भण्डारीले बताए ।
लक्ष्मी टोल स्थित दुर्गा केसीको घरबाट उक्त रकम बरामद गरिएको हो । उनको घरमा काठमाडौंबाट आएका आफन्तिले उक्त रकम ल्याएर राखेको बुझिएको छ ।
प्रहरीले मंगलबार विहान १० बजेतिर केसीलाई पक्राउ गरेर अनुसनधान थालिरहेको छ । उक्त रकम चोरी गरेर ल्याएको हुन सक्ने अनुमान गरिएको छ ।



लाइभदाङ । १५ पुष २०८२, मंगलवार १३:२७ बजे