माओवादी केन्द्र : दाङका ६ पालिकामा नयाँ नेतृत्व चयन

दाङ
११ मंसिर / नेकपा (माओवादी केन्द्र) दाङका ६ पालिकामा नयाँ नेतृत्व चयन भएको छ । शनिबार भएको अधिवेशनले दाङका १० पालिकामध्ये ६ पालिकाले सर्वसम्मत नेतृत्व चयन गरेका छन् । घोराही उपमहानगरपालिका, बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिका, बंगलाचुली गाउँपालिका र गढवा गाउँपालिकाका नेतृत्व चयन भइसकेको छ ।

घोराही उपमहानगरपालिकाको अध्यक्षमा प्रमोद शर्मा, उपाध्यक्षमा शुशिला शर्मा, खिमबहादुर चौधरी र रमेश ओली निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा भागिदास चौधरी, सहसचिवमा मने विश्वकर्मा र कोषाध्यक्षमा दिलकुमारी बिकलाई चयन गरिएको छ ।

त्यस्तै बबई गाउँपालिकाको अध्यक्षमा डिल्ली बुढाथोकी, उपाध्यक्षमा रमेश सुनार, प्रेम जिसी र यज्ञबहादुर निर्वाचित भएका छन । त्यसैगरी सचिवमा अन्जु घर्ती, सहसचिवमा खुमबहादुर बिक र कोषाध्यक्षमा परेकलाल बुढालाई चयन गरिएको छ ।

त्यसैगरी बंगलाचुली गाउँपालिकाको अध्यक्षमा डोमकान्त कवर मगर, उपाध्यक्षमा गिरिराज बाँठा, युमना थापा घर्ती, रमा पुन, कोषाध्यक्षमा बासुदेव महरा, सचिवमा दामोदर खड्का र सह–सचिवमा शोभाराज विश्वकर्मालाई चयन गरिएको छ ।

त्यसैगरी शान्तिनगर गाउँपालिकाको अध्यक्षमा नेवबहादुर रोका, उपाध्यक्षमा खगेन्द्र शर्मा, प्रदिप ओली र रिता बटाला सचिवमा पिमलाल ओली, सहसचिवमा हिरा सुनार र कोषाध्यक्षमा जंगबहादुर पुनलाई चयन गरिएको छ ।


त्यस्तै दंगीशरण गाउँपालिकाको अध्यक्षमा मणिराम शर्मा, उपाध्यक्षमा विरबहादुर वली, निर्मला चौधरी र ममता परियार, सचिवमा दिपक गौतम, सहसचिवमा टंक ओली र कोषाध्यक्षमा हरिबहादुर ककरेललाई चयन गरिएको छ ।

त्यस्तै गढवा गाउँपालिकाको अध्यक्षमा यामनारायण पोखरेल, उपाध्यक्षमा दिपा पुन, बसन्ती चौधरी र देबराज यादब, सचिवमा कैलास चौधरी, सहसचिवमा ज्ञानाबहादुर परियार र कोषाध्यक्षमा बसन्त गिरीलाई चयन गरिएको छ ।

तुलसीपुरको नेतृत्व चयन कार्य शनिबार टुंगिन सकेको छैन । निर्वाचन समितिले आईतबार १२ बजेसम्मकालागि नेतृत्व चयन प्रक्रिया स्थगित गरेको छ । सदस्यमा धेरै आकांक्षी देखिएपछि चयन प्रक्रिया प्रभाबित बनेको हो ।

लमही नगरपालिकामा सदस्य टुग्याईएको छ । पदाधिकारीको भने मंसिर १५ गते छनोट गरिने भएको छ ।