नख्खु कारागारबाट भागेका दाङका एक जना पक्राउ

दाङ, १० पुस ।
गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका दाङका एक जना पक्राउ परेका छन् ।

दाङको राप्ती गाउँपालिका–१ घर भई हाल हाल काठमाडौं महानगरपालिका–२६ मा बसोबास गर्दै आएका २२ वर्षका कर्तव्य ज्यान मुद्दाका प्रतिवादी आकाश मगरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।

ह्याप्पी होटल अगाडि पर्सा ठोरी गाँउपालिका–५ सुर्वणपुर घर भई बालाजु मनमैजु बस्ने २५ वर्षका सुरज तामाङलाई असोज ६ गते धारिलो हतियार प्रहारबाट हत्या गरी फरार रहेका मगरलाई रोल्पा प्रहरीको समन्वयमा रोल्पा नगरपालिका–१० धाङसीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार मगरविरुद्ध यसअघि पनि अभद्र व्यवहार, लागूऔषध सम्बन्धी मुद्दा दर्ता, चोरी तथा ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता भइसकेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिमाथी थप अनुसन्धान भइरहेको र घटनासम्बन्धी कानुनी प्रक्रिया अगाडि बढाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।