
लक्ष्मण बस्नेत
तुलसिपुर ०९ पुस ।
ज्ञान ज्योती ईन्टर कलेज टि–20 क्रीकेट प्रतियोगिता २०८२ को उपाधी ज्ञानज्योती स्नातक दोस्रो वर्ष ले जितेको छ ।
ज्ञानज्योती फाउन्डेसनको आयोजनामा फाउन्डेसन मैदान गोलौरामा आज सम्पन्न फाईनल खेलमा ज्ञानज्योती बिज्ञान संकाय ए टिम लाई २८ रनले पराजित गर्दै स्नातक दोस्रो वर्ष टिमले उपाधी जितेको हो । उपाधी संगै उसले नगद १५ हजार र बिजेता ट्रफि हात पार्यो । फाईनलमा पराजित बिज्ञान संकाय ए टिम उपबिजेतामा सिमित रहदै नगद १० हजार र ट्रफीमा चित्त बिझाउन बाध्य भयो ।
टस जितेर ब्याटिङ गर्ने सुनौलो अवसर पाएको स्नातक दोस्रो वर्ष टिमले १५ ओभरको समाप्तिमा १०४ रन बनाउन सफल भयो । जसमा बिजय डागिले सर्वाधिक ३१ रनको योगदान दिए भने निराजले १५ रन जोड्न सफल भए ।
बलिङ तर्फ बिज्ञान संकाय ए का सागर रिजाल ले ४ विकेट लिए । प्रतिउत्तरमा १०५ रनको लक्ष्य पछ्याएको बिज्ञान संकाय ए १३ दशमलव ४ ओभरमा अलआउट हुँदै ७६ रनमा सिमित भयो । जसमा ब्याक टु ब्याक ४ छक्का प्रहार गर्दै सर्वाधिक ४४ रनको योगदान दिए पनि अन्य ब्याट्सम्यान खासै चल्न सकेन् ।
प्रतियोगिताको म्याच द फाईनल स्नातक दोस्रो वर्षका सागर रिजाल भए । प्रतियोगिता अवधिभर अम्पायरको भुमिकामा सुदिप नेपाली, गोपाल केसि,बिपिन बस्नेत र निश्चल लामिछाने रहनु भएको थियो ।
यसैबिच प्रतियोगिताको पुरस्कार वितरण तथा समापन समारोह ज्ञानज्योती कलेजका भाईस प्रीन्सिपल मनोज केसिको अध्यक्षता तथा युवा संजाल दाङका अध्यक्ष ऋषिराज लहरे अरुणको प्रमुख आतिथ्य एवं दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेतको विशिष्ट आतिथ्यमा भएको थियो । कार्यक्रममा ज्ञानज्योती कलेजका एकेडेमिक कोर्डिनेटर शरद गौतम, आदर्श एकेडेमिका प्रीन्सिपल वसन्त टन्डन लगाएतको उपस्थिति रहेको थियो ।
सो अवसरमा प्रतियोगिताका बिजेता, उपविजेता टिम तथा खेलाडी,ब्यक्तिगत बिधा तर्फ उत्कृष्ट खेल प्रदर्शन गर्ने प्लेयर अफ द टुर्नामेट बिजय डागी,बेष्ट ब्याट्म्यान गोपाल केसि,वेस्ट बलर सागर रिजाल लाई ट्रफी,मेडल पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । पुस ३ गते देखि सुरु भएको प्रतियोगितामा फाउन्डेसनका ९ टिमको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन ज्ञानज्योति कलेजका सन्तोष केसिले गरेका थिए ।



लाइभदाङ । ९ पुष २०८२, बुधबार २१:०६ बजे