दाङमा ‘सी’ बर्गको दर्ता हुने पहिलो बन्यो ‘लक्ष्य ल्याब’

तुलसीपुर, १९ भदौ ।
दाङको तुलसीपुर स्थित लक्ष्य मेडिकल ल्याब दर्ता भएको छ । लुम्बिनी प्रदेश जनस्वास्थ्य निर्देशनालयमा उक्त ल्याब दर्ता भएको हो ।

जुन ‘सी’ बर्गमा दर्ता हुने दाङकै पहिलो ल्याब बनेको छ । निर्देशनालय अनुसार उक्त ल्याब दर्ता हुने दाङकै पहिलो हो । ‘सी’ बर्गको ल्याब प्रदेशले दर्ता गर्ने गर्छ । ए र बी बर्गको ल्याब भने केन्द्रमा दर्ता हुने गर्दछ ।


ल्याब दर्ता भएसंगै स्वास्थ्य सेवामा विश्वसनीयता, गुणस्तरीय परीक्षण र सेवाप्रतिको प्रतिबद्धत भएर लागेको सञ्चालक निराजन डाँगीले बताए । विश्वसनीय परीक्षण, गुणस्तरीय सेवाः तपाईंको स्वास्थ्य हाम्रो लक्ष्य’ भन्ने मूल नाराका साथ ल्याब सञ्चालनमा ल्याईएको सञ्चालक डाँगीले बताए ।