माओवादी केन्द्र तुलसीपुर ५ द्वारा विरामीलाई फलफुल वितरण

तुलसीपुर, ६ जेठ । नेकपा(माओवादी केन्द्र) तुलसीपुर ५ कमिटिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका विरामीहरुलाई फलफुल वितरण गरेको छ ।

जनतासंग माओवादी संगठन विस्तार तथा सुदृढिकरण अभियान अन्तर्गत सोमबार एक सय बढि विरामीलाई फलफूल वितरण गरिएको हो ।


पार्टीका प्रदेश कमिटि सदस्य प्रेमराज वली प्रभात, जिल्ला समन्व्य समिति सदस्य मिनराज भण्डारी, वडा इन्चार्ज बेदप्रसाद वली, पार्टीका वडा कमिटि अध्यक्ष भिमबहादुर खत्री, नगर सदस्य घनश्याम डाँगी, प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघका तुलसीपुर नगर अध्यक्ष जीवन खड्कालगायतको सहभागितामा फलफूल वितरण गरिएको हो ।

अस्पतालका मेसु डा. पदमराज अधिकारीकोे प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । पार्टी सामाजिक कार्यमा पनि सक्रिय भइरहेको भन्दै यस्ता कार्यलाई निरन्तरता दिनुपर्ने भन्दै यो कार्य गरिएको वडा कमिटि अध्यक्ष खत्रीले बताए ।